एनपिएलको च्याम्पियन जनकपुर

काठमाडौँ, ६ पुस ।

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । जनकपुरले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको सुदूरपश्चिम रोयल्सलाई ४ बल बाँकी हुँदै ५ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो ।

जितसँगै जनकपुरले यसअघि समूह चरण र क्वालिफायरमा सुदूरपश्चिमसँग भोगेको दुई हारको मिठो बदला लिँदै च्याम्पियन बन्यो । च्याम्पियन बनेको जनकपुरले १ करोड १० लाख प्राप्त गरेको छ । फाइनलमा हारेको सुदूरपश्चिमले ५१ लाखमा चित बुझाउनु पर्‍यो ।

टियू मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमले १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा जनकपुरले उक्त लक्ष्य १९.२ ओभरमा ५ विकेट गमाएर पूरा गर्‍यो ।

जनकपुरका लागि ओपनर लाहिरु मिलन्थाले ८७ रनको विष्फोटक इनिङ्स खेले । उनले ४९ बलमा ९ चौका र ४ छक्का प्रहार गरेका थिए । त्यस्तै, आसिफ शेखले ३३ रन बनाउँदा हर्ष थकरले ३० रन बनाएर अविजित रहे ।

सुदूरपश्चिमका लागि स्कटक कुग्लिङ, साइफ जाइब, इशान पाण्डे र दीपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८४ रन बनाएको थियो ।

सुदूरपश्चिमले पहिलो विकेटका लागि १ सय १७ रनको सानदार साझेदारी गर्दा मध्य र पछिल्लो क्रमले सोही लयलाई निरन्तरता दिन नसक्दा दुई सय रनको आँकडा छुन असफल भएको थियो ।

सुदूरपश्चिमका लागि ओपनर साइफ जाइबले सर्वाधिक ६९ रन बनाए । उनले ४३ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरेका थिए। त्यस्तै, अर्का ओपनर विनोद भण्डारीले ३१ बलमा ४१ रन बनाएका थिए । उनले १ चौका र ३ छक्का प्रहार गरेका थिए ।

त्यस्तै, थप दोहोरो स्कोरका रुपमा ब्रान्डन म्याकमुलमले १४ रन बनाउँदा हर्मित सिंहले १४ रन बनाए । त्यस्तै, स्कट कुग्लिङ १३ रनमा आउट भए ।

जनकपुरका लागि मोहमद मोहसिन र किशोर महतोले समान ३–३ विकेट लिँदा जेमी निसम र ललित राजवंशीले १–१ विकेट लिएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट