प्रगतिनगर खानेपानीको २७ औँ वार्षिक साधारणसभा सम्पन्न

देवचुली, ६ पुस । नेपालकै उत्कृष्ट प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार देवचुली नगरपालिकाको सभाहलमा वार्षिक साधारणसभा सम्पन्न गरिएको हो । प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालको अध्यक्षतामा भएको २७ औँ साधारणसभामा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । […]
मनहरी गाउँपालिकाकाे प्रशासकीय भवनको शिलान्यास

मकवानपुर, ६ पुस । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले मकवानपुरको मनहरी गाउँपालिकामा १ वटा भवनकाे शिलान्यास गरेका छन् । सिंहले शनिबार मनहरी गाउँपालिकाकाे प्रशासकीय भवनको शिलान्यास गरेका हुन् । यसैगरी बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको जनसम्पर्क कार्यालयको समेत मन्त्री सिंहले उद्घाटन गरेका छन् । मन्त्री सिंहले छुट्टाछुट्टै समयमा गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास र […]
राष्ट्रिय युवा कविता उत्सवमा कास्कीका संयोग बस्याल प्रथम

मकवानपुर, ६ पुस । राष्ट्रिय युवा कविता उत्सव–२०८१ अन्तरगत भएकाे खुला कविता प्रतियोगितामा कास्कीका संयोग बस्याल प्रथम भएका छन् । हेटौंडामा शनिबार भएकाे खुला कविता प्रतियोगितामा बस्यालकाे ‘सावधान’ शीर्षककाे कविताले प्रथम स्थान हासिल गरेकाे हाे । प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजना तथा साहित्य सङ्गम मकवानपुरको सहकार्यमा आयोजित प्रतियोगितामा प्रथम भएका बस्यालले ४० हजार रुपैयाँ […]
क्यान्सर प्रभावित पाठकको उपचारका लागि एक्सपर्टद्वारा आर्थिक सहयोग

चितवन, ६ पुस । रक्तक्यान्सर प्रभावित भुपराज पाठकको उपचार सहयोगार्थ चितवन भरतपुरस्थित एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेजले ५० हजार रुपैयाँ सहयोग गरेको छ । कन्सल्टेन्सीले शुक्रबार एक कार्यक्रमको औपचारिक समुद्घाटनका अवसरमा पाठकको उपचारका लागि उक्त रकम उपलब्ध गराएको हो । एक्सपर्ट नेपालका निर्देशक खेम सङ्ग्रौला र एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले उपचार सहयोग समितिका […]
एनपिएलको च्याम्पियन जनकपुर

काठमाडौँ, ६ पुस । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । जनकपुरले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको सुदूरपश्चिम रोयल्सलाई ४ बल बाँकी हुँदै ५ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो । जितसँगै जनकपुरले यसअघि समूह चरण र क्वालिफायरमा सुदूरपश्चिमसँग भोगेको दुई हारको मिठो बदला लिँदै च्याम्पियन बन्यो । […]
हेटौंडामा ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ माथि बहस

मकवानपुर, ६ पुस । हेटौंडामा मोमिला जोशीको निबन्ध सङ्ग्रह ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ माथि बहस गरिएको थियो । आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजनामा कवि, निबन्धकार जोशीकाे आठौं पुस्तक ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ माथि शुक्रबार बहस गरिएको हाे । कार्यक्रममा सहजकर्ता सुवास खनालले लेखन सरल हुनुपर्ने वर्तमान अवस्थामा जोड भइरहेकाेमा लेखकहरूको भाषा कम […]
विद्यालयमा तहमा योग तथा ध्यान शिक्षा

संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ (पुस ६) गतेलाई विश्व अन्तर्राष्ट्रिय ध्यान दिवसको मान्यता दिएको छ । संयुक्त राष्ट्रसंघको नोभेम्बर २९ मा सम्पन्न ७९ औँ महासभाको बैठकको १२७ औँ बुँदामा उल्लेख गरेर अनुमोदन गरेको छ । नेपालमा पनि सोही दिन पुस ६ गते नेपाल सरकार, सङ्घीय सरकार र स्थानीय सरकार सबैले राष्ट्रिय महोत्सवको रूपमा विश्वव्यापी सद्भावका लागि […]
देवचुलीको भीमसेनमा ध्यान कक्षको स्थापना

देवचुली, ६ पुस । देवचुली नगरपालिका वडा नम्बर ७ मा रहेको भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयमा ध्यान कक्ष स्थापना गरिएको छ । पहिलो विश्व ध्यान दिवशको अवसरमा विद्यालयमा ध्यान कक्ष स्थापनासँगै स्वजागरण ध्यान साधना गरिएको हो । विद्यालयमा ध्यान कक्ष स्थापना गरी विद्यार्थीहरुलाई निरन्तर ध्यान र योगको कक्षा सञ्चालन गर्ने विद्यालयका प्रधानाध्यापक अग्निधर भुसालले बताउनुभयो […]
भरतपुरमा टिकट प्लानेट ट्राभल एण्ड टुर प्रालिको सेवा शुरु

भरतपुर, ६ पुस । भरतपुरमा टिकट प्लानेट ट्राभल एण्ड टुर प्रालिले सेवा शुभारम्भ गरेको छ । ट्राभल एण्ड टुरमा लामोसमय काम गरेका अनुभवी युवा व्यवसायी प्राञ्जल अधिकारीले २५ औँ वसन्त पार गरेको उपलक्ष्यमा टिकट प्लानेट ट्राभल एण्ड टुर प्रालिको उद्धघाटन गराएका हुन् । भरतपुर- १० को वीरेन्द्रक्याम्पस रोडस्थित दीपेन्द्रचोकमा टिकट प्लानेट ट्राभलको वडा अध्यक्ष परेश्वर […]
देवचुली जेसीजको अध्यक्षमा डि.आर. क्षेत्री निर्वाचित

देवचुली, ६ पुस । देवचुली जेसीज वर्ष २०२५ को अध्यक्षमा ढुण्डीराज क्षेत्री (डि.आर.) निर्वाचित भएका छन् । देवचुली जेसीजको शुक्रबार सम्पन्न एघारौँ साधारणसभाबाट अध्यक्षमा क्षेत्रीसहित कार्यकारिणी उपाध्यक्षमा पुष्पराज लामिछाने र जीवन भुसाल, उपाध्यक्षमा गौरवराज श्रेष्ठ, सुरज बस्याल, दीपक पोखरेल, केशव भण्डारीसहित सचिवमा चित्रबहादुर थापा (भरत) तथा सह कोषाध्यक्षमा राज न्यौपाने निर्वाचित भएका छन् । योसँगै […]