भरतपुरमा टिकट प्लानेट ट्राभल एण्ड टुर प्रालिको सेवा शुरु

भरतपुर, ६ पुस ।
भरतपुरमा टिकट प्लानेट ट्राभल एण्ड टुर प्रालिले सेवा शुभारम्भ गरेको छ । ट्राभल एण्ड टुरमा लामोसमय काम गरेका अनुभवी युवा व्यवसायी प्राञ्जल अधिकारीले २५ औँ वसन्त पार गरेको उपलक्ष्यमा टिकट प्लानेट ट्राभल एण्ड टुर प्रालिको उद्धघाटन गराएका हुन् ।

भरतपुर- १० को वीरेन्द्रक्याम्पस रोडस्थित दीपेन्द्रचोकमा टिकट प्लानेट ट्राभलको वडा अध्यक्ष परेश्वर खनाल र उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले संयुक्तरुपमा रिबन काटेर उद्धघाटन गरेका थिए । आफ्नै गाउँघरमा सहज रुपमा अन्तर्राष्ट्रिय टुर प्याकेज र जुनसुकै देशको सहज रुपमा हवाई टिकट सेवा उपलब्ध गराउन टिकट प्लानेट ट्राभलको शुभारम्भ गरेका प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए ।

वार्षिक ८ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य टिकट प्लानेट लिएको उनले बताए । टिकट प्लानेटमा विभिन्न मुलुकमा यात्रा गर्न सुपथ मूल्यमा टिकट प्रदान गर्ने, टेलर ट्राभल प्याकेज, भिसा प्रोसेसिङ, ट्राभल इन्स्योरेन्स, आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट उपलब्ध गराउने उनले बताए । कार्यक्रममा उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, उपाध्यक्ष नारायण प्रधान, फर्निचर व्यवसायी संघ चितवनका अध्यक्ष एवम् न्यू ज्योति फर्निचरका सञ्चालक कृष्णप्रसाद अधिकारी, वीरेन्द्र क्याम्पस रोड नमुना टोल विकास संस्थाका अध्यक्ष ज्ञानप्रकाश पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट