चितवनमा कवि मसान उपासकको कविता वाचन

भरतपुर, २३ मङ्सिर ।
मकवानपुरका कवि मसान उपासकले चितवनमा कवितावाचन गर्नुभएको छ । सम्पूर्ण किताब नारायणगढले शनिबार आयोजना गरेको कार्यक्रममा कवि उपासकले एक दर्जन कविता प्रस्तुत गर्नुभयो ।

कवि उपासकलाई समालोचक उदय अधिकारीले खादा लगाएर स्वागत गर्नुभयो । त्यसलगत्तै कवि उपासकले कवितावाचनलाई अगाडि बढाउनु भयो । पहिलो कवितास्वरुप उहाँले `जानू अघि सहरतिर´ शीर्षकको कविता सुनाउनु भयो । त्यसपछि `छोरीको नाममा´, `तिमीसँग´, `फर्कन चाहन्छु´, `विकास´ र `देश प्रति´ शीर्षकका कविता पहिलो चरणमा सुनाउनुभयो । दोस्रो चरणमा ५ वटा र अन्तिममा धन्यवादसहित एउटा कविता सुनाएर उपासकले कवितावाचनलाई समापन गर्नुभएको थियो ।

कार्यक्रममा कवि सुवास सजल र विमला कार्कीले कवि उपासकको कविता कर्मको चर्चा गर्नुभएको थियो । अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातले कवि उपासकका कविता नोस्टाल्जिक बनाउने खालका भएको बताउनु भयो । कार्यक्रमलाई सम्पूर्ण किताबका लेखराम सापकोटाले सहजीकरण गर्नुभएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट