नारायणगढ जेसीजको अध्यक्षमा रवीन्द्र श्रेष्ठ निर्वाचित

भरतपुर, १० मंसिर ।
नारायणगढ जेसीजको अध्यक्षमा रवीन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । नारायणगढ जेसीजको ४७औं शाखा अधिवेशनबाट श्रेष्ठ २०२५ को शाखा अध्यक्षमा चयन भएका हुन् ।

श्रेष्ठ नारायणगढ जेसीजको ५० औँ अध्यक्ष बनेका छन् । नारायणगढ जेसीजको कार्यकारी उपाध्यक्षमा विपिन कँडेल र सुवास कँडेल चयन भएका छन् । यस्तै उपाध्यक्षमा प्रदीप पौडेल, विनोद अधिकारी, कमल बस्याल र सञ्जीव पौडेल रहेका छन् ।

निर्देशकमा सुशील सापकोटा, अश्विन पौडेल, सौगात देवकोटा र सुरज पण्डित चयन भएको प्रमुख निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए । नव निर्वाचित कार्यसमितिको पदभार ग्रहण जनवरी ५ मा हुनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट