चितवनमा भएको दुर्घटनामा ३ जनाको मृत्यु

भरतपुर, १० मंसिर ।
आइतबार राति नारायणगढ- मुग्लिङ सडकखण्डमा भएको दुर्घटनामा मकवानपुरका २ जनाको जनाको मृत्यु भएको छ ।

आइतबार राति सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका अन्तर्गत नौकिलोमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४९०  नम्बरको ट्रक  दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । चामल बोकेको ट्रक पल्टिँदा मृत्यु हुनेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ का ३८ वर्षका श्याम बजगाईं र सोही स्थानका ३१ वर्षका दीपक दाहाल छन् । त्यसैगरी शनिबार उपरदाङगढीमा स्कुल बस दुर्घटनामा घाइते भएका चितवनको कालिका नगरपालिका–३ बस्ने आरम्भ पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोले बताए ।

भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा सोमबारबिहान ५ः३० बजेतिर आरम्भको मृत्यु भएको डीएसपी महतोले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट