मकवानपुरमा सबैभन्दा बढी कर तिर्ने सम्मानित

मकवानपुर, ९ मंसिर ।
आन्तरिक राजस्व कार्यालय मकवानपुरले सबैभन्दा बढी कर तिर्ने विभिन्न क्षेत्रका करदातालाई सम्मान गरेको छ । ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने मूल नारा रहेको १३औं राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रमको समापनका अवसरमा करदातालाई सम्मान गरेकाे हाे ।

कार्यालयले सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा समग्र क्षेत्रतर्फ निक–लुम्बिनी विद्युत् जेभी, उद्योग क्षेत्रतर्फ यती पेन्ट्स नेपाल प्रालि, व्यापार क्षेत्रतर्फ न्यु ब्रदर हार्डवेयर, शैक्षिक क्षेत्रतर्फ हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेस एजुकेसन प्रालिलाई सम्मान गरेको हो ।

यसैगरी बैंक तथा वित्तीय संस्थातर्फ पालुङ बहुद्देश्यीय सहकारी संस्था लिमिटेड, अन्तःशुल्कतर्फ गोरखा लाहारी प्रालिका संचालकरप्रतिनिधिलाई सम्मान गरिएको थियो । उक्त अवसरमा मकवानपुर उद्योग वाणिज्य संघ, उद्योग संघ मकवानपुर र चेम्बर अफ कमर्श मकवानपुरलाई कर सहभागितामा पुर्‍याएको योगदानका लागि सम्मान गरिएको थियो । यस्तै नेपाल रेडक्रस सोसाइटी मकवानपुरलाई समेत सम्मान गरिएको थियो ।

यसैगरी कर सप्ताहको तेस्रो दिन आयोजना गरिएको खुला निबन्ध प्रतियोगिताका विजेता हेटौंडा स्कुल अफ म्यानेजमेन्टकी छात्रा प्रतिभा भट्टराई प्रथम, सलिना धिताल द्वितीय र स्नेहा उप्रेती तृतीय लाई नगदसहित पुरस्कृत गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल र कर कार्यालयका प्रमुख युक्त सुवेदीले सम्मानपत्र प्रदान गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट