मीना चौलागाईंको मुक्तकसङ्ग्रह `मनोकाङ्क्षा´ विमोचन

काठमाडौं, ९ मंसिर । साहित्यकार मीना चौलागाईंको मुक्तकसङ्ग्रह `मनोकाङ्क्षा´ विमोचन भएको छ । शनिबार नेपाल प्रज्ञा-प्रतिष्ठान काठमाडौंमा प्रतिष्ठानका कुलपति भुपाल राइले चौलागाईको दोस्रो मुक्तकसङ्ग्रह ‘मनोकाङ्क्षा’ विमोचन गरेका हुन् । कार्यक्रममा कुलपति राईले मुक्तकले घटनाप्रधान र विषयवस्तुको प्रभावजन्य झट्का उत्पन्न गर्न सक्ने, दर्शनढुङ्गा र चकमक ठोस्दा निस्किने झिल्को जस्तै बन्न सक्नु पर्छ भन्दै मुक्तककार चौलागाईंका मुक्तक […]

उद्योग दिवसको अवसरमा १४ उद्यमीलाई सम्मान

मकवानपुर, ९ मङ्सिर । बागमती प्रदेश सरकारले उद्योग दिवसको अवसरमा १४ उद्यमीलाई सम्मान गरेको छ । प्रदेशका १३ जिल्लाका १/१ वटा उत्कृष्ट र प्रदेशबाट एक सर्वोत्कृष्ट घरेलु तथा साना उद्यमीलाई नगद सहित सम्मान गरेको हो । १० औँ उद्योग दिवसको अवसरमा हेटौँडामा उद्यमीहरूलाई सम्मान गरिएको हो । प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयले प्रदेशका […]

मकवानपुरमा सबैभन्दा बढी कर तिर्ने सम्मानित

मकवानपुर, ९ मंसिर । आन्तरिक राजस्व कार्यालय मकवानपुरले सबैभन्दा बढी कर तिर्ने विभिन्न क्षेत्रका करदातालाई सम्मान गरेको छ । ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने मूल नारा रहेको १३औं राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रमको समापनका अवसरमा करदातालाई सम्मान गरेकाे हाे । कार्यालयले सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा समग्र क्षेत्रतर्फ निक–लुम्बिनी विद्युत् जेभी, […]

मदनमोहन जोशी स्मृति पुरस्कार साहित्यकार शिवराज शर्मा लामिछानेलाई प्रदान

भरतपुर, ९ मंसिर । साहित्य संगम चितवनले १६औं मदनमोहन जोशी स्मृति पुरस्कार साहित्यकार शिवराज शर्मा लामिछानेलाई प्रदान गरेको छ । पुरस्कार मदनमोहन जोशीकी धर्मपत्नी पूर्णिमा जोशीको हातबाट लामिछानेलाई प्रदान गरिएको हो । नारायणी नमुना माध्यमिक विद्यालयमा शनिबार आयोजित कार्यक्रममा साहित्यकार लामिछानेलाई नगद रु २० हजार र सम्मानपत्रले सम्मान गरिएको हो । उक्त पुरस्कार स्वर्गीय जोशीका […]