उद्योग दिवसको अवसरमा १४ उद्यमीलाई सम्मान

मकवानपुर, ९ मङ्सिर ।
बागमती प्रदेश सरकारले उद्योग दिवसको अवसरमा १४ उद्यमीलाई सम्मान गरेको छ । प्रदेशका १३ जिल्लाका १/१ वटा उत्कृष्ट र प्रदेशबाट एक सर्वोत्कृष्ट घरेलु तथा साना उद्यमीलाई नगद सहित सम्मान गरेको हो । १० औँ उद्योग दिवसको अवसरमा हेटौँडामा उद्यमीहरूलाई सम्मान गरिएको हो । प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयले प्रदेशका १३ जिल्लाबाट उच्च अङ्क प्राप्त गर्ने उत्कृष्ट एक/एक उद्यमी र प्रदेशबाट सबैभन्दा बढी अङ्क प्राप्त गर्ने एक सर्वोत्कृष्ट उद्यमीलाई सम्मान गरिएको हो ।

प्रदेशकाे सर्वोत्कृष्ट उद्यमी काभ्रेको झ्याम्भल कृषि फर्म उद्योग प्रालि भएको छ । उक्त उद्योगलाई नगद १ लाख रुपैयाँसहित सम्मान गरिएको हाे । उद्योगले स्थानीय स्तरमा उत्पादित कच्चा पदार्थको प्रयोग गरेर अचार, विभिन्न प्रकारका क्याण्डीहरु उत्पादन गरेर बजारमा बिक्री गर्दै आएको मन्त्रालयले जनाएकाे छ ।

त्यस्तै चितवनको भरतपुर–२८ मा रहेकाे एसियन नेपाली कागज उद्योगसहित प्रदेशकाे प्रदेश १३ उद्योग उत्कृष्ट उद्यमी घोषित भइ पुरस्कृत भएका छन् । मकवानपुरकाे कोम्हेन्दो एकीकृत कृषि फार्म हेटौडा १३, धादिङकाे युनिक पशुपन्छी तथा कृषि फर्म, नीलकण्ठ–८, रसुवाकाे एस. एस. टेलर्स एन्ड स्यानिटरी प्याड तथा माक्स, उत्तरगया–५, सिन्धुलीकाे बरपिपल दुना टपरी उद्योग, दुधौली–४, काठमाडौंकाे ओम फुड प्रोडक्ट, चन्द्रागिरी– ११ उत्कृष्ट उद्यमी घोषित भएका हुन् ।

त्यसैगरी ललितपुरको सृजनशील कृषि फर्म बागमती–१, दोलखाको सुरी मैरी पालन तथा घार उद्योग गौरीशङ्कर–५, नुवाकोटको नव युवा कृषि फर्म सुर्यगढी–५, भक्तपुरको लक्ष्मी चिउरा उद्योग भक्तपुर–५, रामेछापको मन्थली डिलक्स एग्रो फरेस्ट्री मन्थली–१, सिन्धुपाल्चोकको कफी सहकारी उद्योग चौतारा साँगाचोक गढी–१० र काभ्रेको बि.जे.एस ह्याण्डीक्राफ्ट एन्ड पनौती सेभिनियर हाउस, पनौती–७ उत्कृष्ट उद्यमी घोषित भएका थिए । उत्कृष्ट उद्यमीहरूलाई नगद ४० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library