पत्रकार सुधीर शर्माका कृतिमाथि हेटौंडामा विमर्श

मकवानपुर, ७ मङ्सिर ।
हेटौंडामा सुधीर शर्माका कृतिमाथि विमर्श गरिएको छ । शर्माका `भिक्षु,व्यापार र विद्रोह´ र `हिमालपारिको हुरी´ पुस्तक माथि शुक्रबार विमर्श गरिएको हो ।

राजनीतिज्ञ, प्राध्यापक, साहित्यकार, विद्यार्थी, व्यवसायी तथा पत्रकारलगायतकाे उपस्थितिमा हेटौंडामा पत्रकार शर्माका कृति माथि विमर्श गरिएकाे हाे । विमर्शमा मकवानपुर बहुमुखी क्याम्पसका उपप्राध्यापक घनश्याम घिमिरेले शर्माका दुबै कृतिको समीक्षात्मक प्रस्तुति राखेका थिए । घिमिरे लेखक शर्मासँग अन्तरक्रिया समेत गरेका हुन् । ‘भिक्षु, व्यापार र विद्रोह’ मा शर्माले मल्लकाल, लिच्छवीकाल, नेवार समुदायले तिब्बतमा पुगेर गरेको व्यापारको इतिहास, नेपाल र चीनबीचको व्यापारिक सम्बन्ध र भारत,चीनमा माओत्सेतुङले गरेको साँस्कृतिक क्रान्तिको विषयमा समावेश गरिएकाे उपप्राध्यापक घिमिरेले जानकारी गराए । यसैगरी ‘हिमालपारिको हुरी’ मा शर्माले सन् २००८ पछि चीनले विश्वसामु व्यावसायिक खुलापनकाे रुपमा आफूलाई प्रस्तुत गर्न सुरु गरेको उनले बताए ।

हिमालपारिको हुरीमा सन् २००८ को ओलम्पिक खेल आयोजनापछि विश्वसामु व्यापारकाे रुपमा खुल्ला हुन खोजेकाे आफ्नो शक्ति र सामर्थले विश्वकाे एक नम्बर अर्थतन्त्र भएकाे देशकाे रुपमा प्रस्तुत हुन खाेजेकाे घिमिरेले बताए । राजतन्त्र रहुन्जेल कुटनीतिक सम्बन्धमा मात्रै रहेर सक्दो सहयाेग गर्दै आएकाे चीनले राजतन्त्रकाे समाप्तीपछि सरकारमा पुग्ने दलका नेतालाई आफ्नाे अनुकुलकाे मित्रता बढाउन खाेजेकाे हिमालपारिकाे हुरीमा रहेकाे छ ।

नेपालमा राजतन्त्रको अन्त्य भएपछि चीनले राष्ट्रप्रमुखको समेत जिम्मेवारी सम्हालिरहेका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको हातमा आफ्नो राजदूतको ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेर नेपालकाे राजनीतिक परिवर्तनलाई आत्मसाथ गर्न खाेजेकाे स्वीकारेको प्रसंग हिमालपारिकाे हुरीमा उल्लेख भएकाे छ ।

यता भिक्षु, व्यापार र विद्रोहमा लेखक शर्माले २ सय वर्ष पहिलेकाे इतिहासदेखि नेपाल र चीनबीचको व्यापार सम्बन्धको प्रसंग समावेश गरिएको घिमिरेले बताए । पत्रकारले सतहीरुपमा लेख्छन्, अध्ययन, अनुसन्धान गर्दैनन् भन्ने समाजको बुझाई रहेकाे भाष्यलाई पत्रकारिताकाे माध्यम हुँदै लेखक बनेका शर्मा मुलुकको इतिहासलाई दस्तावेजीकरण गर्ने काम पुस्तक मार्फत गरेकाे उल्लेख गरे । शर्माका दुई कृति महत्वपूर्ण सावित हुने घिमिरेले बताए ।

लेखक सुधीर शर्माले आफ्ना दुवैकृति विद्यार्थीकाेलागि इतिहास बुझ्ने माध्यम हुने साथै अनुसन्धानमूलक कृतिको रुपमा रहेकाे बताए । शैलीगत रुपमा आख्यानकाे रुपमा साहित्यकारले लिन सक्ने पुस्तक अनुसन्धानकर्ताको रुपमा अध्ययन, अनुसन्धानमा आधारित र थप अध्ययन अनुसन्धानका लागि कतिपय सन्दर्भ समेत उजागर गरिएको उनले बताए । दुई छिमेकी भारत र चीनमध्ये चीनलाई बुझ्न भाषाका साथै सामाजिक सास्कृतिक र भौगोलिक अवस्थालगायतका विविध कारणले गाह्रो भएको शर्माले जानकारी दिए । दुई ठूला देशबीचको नेपालले चीनसम्बन्धमा बुझ्ने, विश्लेषण गर्ने र रणनीतिक हिसाबले काम गर्न विज्ञ व्यक्तिहरु आवश्यक रहेको बताए । चीन भारतसँग नभई अमेरिकासँगको प्रतिस्पर्धामा रहेको, विश्वकै पहिलो शक्ति राष्ट्र बन्न अगाडि बढिरहेको उनले उल्लेख गरे ।

कार्यक्रममा कृतिमाथि उठेका प्रश्नहरुकाे सहजिकरण लेखक शर्माले गरेका थिए । कार्यक्रमकाे सहजीकरण पत्रकार सुरेश श्रेष्ठले गरेका थिए भने कान्तिपुरका पत्रकार प्रताप विष्टले लेखक शर्माका पत्रकारितासँगै लेखनकाे बारेमा प्रष्ट पारेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library