रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनबाट पनि पक्राउ पुर्जी जारी

भरतपुर, ७ मङ्सिर ।
रास्वपाका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले शुक्रबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएपछि रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध  पक्राउ पुर्जी जारी भएको हो ।

चितवनको सहारा सहकारी पीडित २४ जनाले उनीहरूविरूद्ध पुरक जाहेरी दिएका थिए । योसँगै अब सहाराबाट गोर्खा मिडियासहित ५ वटा संस्था तथा कम्पनीमा रकम पठाइएको विषयमा अनुसन्धान गर्ने बाटो खुलेको छ  ।
यसअघि  कास्कीसहित रुपन्देही र काठमाडौंबाट पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।  लामिछाने  हाल कास्की प्रहरीको हिरासतमा छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट