पठन संस्कृति अभियानको आठौँ शृङ्खलामा बालविकास स्कुलका विद्यार्थीको सहभागिता

गैंडाकोट, ३० कात्तिक
पठन संस्कृति अभियानको आठौँ शृङ्खला गैंडाकोटमा गरिएको छ ।

विजय विकास स्रोत केन्द्र गैंडाकोटमा शुक्रबार बिहान गरिएको कार्यक्रममा प्रमुख वक्ताका रूपमा पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्याल रहनुभएको थियो । अर्यालले गैंडाकोट र यस वरपर पठन संस्कृति अभियानका रूपमा अगाडि बढेको देख्दा खुसी लागेको बताउनुभयो । पढ्ने बानीले मानिसको व्यक्तित्व विकासमा पनि सहयोग पुग्ने अर्यालले बताउनु भयो ।

कार्यक्रममा उदय अधिकारीले वसन्त बस्नेतको `सिमसारा´ उपन्यास, लेखराम सापकोटाले रमेश भुसालको `छालबाटो´, बद्री सापकोटाले डाक्टर भेषबहादुर थापाको `राष्ट्र परराष्ट्र´ र रामचन्द्र कँडेलले `श्रीमद्भागवतगीता´ पुस्तकको बारेमा टिप्पणी राख्नुभएको थियो ।

कार्यक्रममा वालविकास इङ्लिस स्कुलका विद्यार्थीहरूको सहभागिता रहेको थियो । केही विद्यार्थीले विद्या भण्डारी चिरागको बालगजलसङ्ग्रह `हजुरबुबाको लौरो´ बाट गजल प्रस्तुत गरेका थिए । विजय सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडले मासिक रूपमा पठन संस्कृति अभियान कार्यक्रम गर्दै आइरहेको छ । पछिल्लो समय गैंडाकोटसँगै कावासोतीमा पनि यो कार्यक्रम अभियानका रूपमा थालिएको अभियानका संयोजक त्रिलोचन सापकोटाले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library