अक्सफोर्ड बन्यो उत्कृष्ट कलेज, प्रिन्सिपल भण्डारी बने उत्कृष्ट शैक्षिक नेता

गैंडाकोट, २८ कात्तिक ।
गैँडाकोट नगरपालिका–२ मा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले वर्षको उत्कृष्ट कलेजको उपाधि जितेको छ । यसका प्रिन्सिपल प्राध्यापक ईन्जिनियर हरि भण्डारीले पनि वर्षको उत्कृष्ट शैक्षिक नेताको सम्मान पाएका छन् ।

नेपाल एजुकेसन अवार्ड नामक संस्थाले संस्थागत र व्यक्तिगत उपाधिका लागि आह्वान गरेको प्रतियोगितामा सहभागी भई अक्सफोर्ड कलेज र प्रिन्सिपल भण्डारीले दुबै विधाको उपाधिसहित सम्मान हासिल गरेका हुन् ।

अक्सफोर्ड कलेजले यस उपलब्धिलाई उत्सवमय बनाउन बुधबार कलेज परिसरमा खुसी साटासाट समारोहको आयोजना गरेको थियो । त्यसअघि कलेजमै पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रिन्सिपल भण्डारीले वर्ष २०२४ को उत्कृष्ट शैक्षिक नेताका रुपमा आफू र उत्कृष्ट कलेजका रुपमा अक्सफोर्ड सम्मानित हुँदा आफूहरुले गौरवबोध गरेको बताए । यी दुबै सम्मान २३ अक्टोबरमा अष्ट्रेलियन नेसनल युनिभर्सिटी क्यानबेरामा आयोजित विशेष समारोहमा हस्तान्तरण गरिएको थियो ।

नेपाल एजुकेसन अवार्डका प्रमुख कार्यकारी अधिकृत जितेन्द्र घिमिरेले २० अप्रिलदेखि २० जुलाईसम्मका लागि खुला गरिएको आवेदन (नोमिनेसन) मा पाँच सय दुई शैक्षिक संस्थाले सहभागिता जनाएको र त्यसबाट छानिएका ८२ वटा संस्थाबिचको प्रतिस्पर्धामा अक्सफोर्ड कलेज एवं यसका प्रिन्सिपल उत्कृष्ट हुन सफल भएको जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library