हेटौंडाबाट १६२ किलाे गाँजासहित १ जना पक्राउ

मकवानपुर, २६ कात्तिक ।
मकवानपुर प्रहरीले हेटौंडाबाट १६२ किलाे गाँजासहित १ जनालाई पक्राउ गरेकाे छ ।

प्रहरीले हेटौंडा १९ नेवारपानी स्थित पूर्वपश्चिम महेन्द्र राजमार्ग सडकखण्डमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश ३-०१-०२४ च ६३६१ नं. को योद्धा पिकअप गाडीबाट १६२ किलो ५८० ग्राम लागुऔषध बरामद गरेकाे हाे । आइतबार बिहान इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको टोलीले उक्त गाडीका चालक काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका १२ बस्ने २९ वर्षीय किरण वाग्ले तथा गाडी समेतको जाँच गर्दा उक्त गाँजा बरामद भएकाे हाे ।

गाडीको पछाडिको भागमा प्लाष्टिकको क्रेटमुनी लुकाई राखिएको अवस्थामा फेला पारेकाे १६२ किलो ५८० ग्राम लागुऔषध गाँजा, योद्धा गाडी सहित किरण वाग्लेलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । प्रहरीका अनुसार मकवानपुर जिल्ला अदालतबाट ४ दिनको म्याद लिइ थप अनुसन्धान भईरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library