ब्राइट स्टार समाजका छोरीहरूसँग दुर्गाले मनाइन् जन्मदिन

भरतपुर, १४ कात्तिक ।
भरतपुर महानगरपालिका वडा नम्बर २ मा अवस्थित ब्राइट स्टार समाजमा आश्रित सहाराविहीन छोरीहरूसँग सामाजिक व्यक्तित्व तथा शिक्षक अगुवा दुर्गा लामिछानेले आफ्नो जन्मदिन मनाएकी छन् ।

आश्रीत छोरीहरूलाई बेलुकाको खानाको व्यवस्थापन गर्दै उनले आफ्नो जन्मदिन मनाएकी हुन् । चितवन माध्यमिक विद्यालयमा सामाजिक शिक्षकका रूपमा कार्यरत दुर्गा लामिछाने भरतपुर महानगरपालिका ११ निवासी हुन् ।आफ्नो जन्मदिनको अवसर पारेर रक्तदान समेत गरेकी उनले सहाराविहिन छोरीहरूलाई थोरै भए पनि सहयोग गर्न पाउँदा हर्षित भएको बताइन् । ब्राइट स्टार समाजले साहाराविहिन छोरीहरूलाई आश्रय दिँदै अध्ययनको समेत व्यवस्था मिलाएको छ ।

मनकारी व्यक्तित्वहरूको सहयोगले यो संस्था थप अगाडि बढेको संस्थाकी अध्यक्ष अप्सरा देवकोटाले बताइन् । उक्त कार्यक्रममा दुर्गा लामिछानेका श्रीमान डाक्टर शरण पाण्डे, आमा तित्रामाया पाण्डे, छोरा सुदिन पाण्डे सँगै शिक्षक तथा पत्रकारद्वय विपिन पाठक, नारायण सापकोटाको समेत उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library