नवलपुरमा ति ‘हार’ नाटक मञ्चन

कावासोती, १४ कात्तिक । नवलपुरमा नाटक ति ‘हार’ मञ्चन भएको छ । बुधबार मध्यबिन्दु बहुमुखी क्याम्पसमा नाटकको मञ्चन गरिएको हो । सोही क्याम्पसमा एमबिएस चौथो सेमेस्टरमा अध्यनरत विद्यार्थीद्वारा नाटक मञ्चन गरिएको हो । नाटकको लेखन तथा निर्देशन अर्जुन कँडेलले गरेका हुन् भने कलाकारहरुमा पवन न्यौपाने, सन्तोषी सुवेदी, सुनिता थापा र बालकृष्ण भुसाल रहेका छन् । […]

ब्राइट स्टार समाजका छोरीहरूसँग दुर्गाले मनाइन् जन्मदिन

भरतपुर, १४ कात्तिक । भरतपुर महानगरपालिका वडा नम्बर २ मा अवस्थित ब्राइट स्टार समाजमा आश्रित सहाराविहीन छोरीहरूसँग सामाजिक व्यक्तित्व तथा शिक्षक अगुवा दुर्गा लामिछानेले आफ्नो जन्मदिन मनाएकी छन् । आश्रीत छोरीहरूलाई बेलुकाको खानाको व्यवस्थापन गर्दै उनले आफ्नो जन्मदिन मनाएकी हुन् । चितवन माध्यमिक विद्यालयमा सामाजिक शिक्षकका रूपमा कार्यरत दुर्गा लामिछाने भरतपुर महानगरपालिका ११ निवासी हुन् […]

लायन्स क्लब अफ चितवन चौतारीको आयोजनामा निःशुल्क आँखा जाँच शिविर

भरतपुर, १४ कात्तिक । लायन्स क्लब अफ चितवन चौतारीको आयोजनामा बुधबार भरतपुरमा निःशुल्क आँखा जाँच शिविर गरिएको छ । चितवन आँखा अस्पताल भरतपुरको १३ औं वार्षिक उत्सवको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा प्राविधिक सहयोग चितवन आँखा अस्पतालले उपलब्ध गराएको थियो । सो शिविरमा १३८ जनाको आँखा परिक्षण डा रवीन्द्र सिंह ठकुरीले गर्नुभएको थियो । नेपालमा […]

स्टार्स मन्टेश्वरी र एभरेष्ट प्रिस्कुलद्वारा संस्कार र संस्कृति सिकाइमा तिहार विशेष कार्यक्रम

भरतपुर, १४ कात्तिक । भरतपुरमा रहेको स्टार्स मन्टेश्वरी एकेडेमी र एभरेष्ट प्रिस्कुलले तिहार विशेष कार्यक्रम आयोजना गरेको छ । जसमा बालबालिकाहरूले परम्परागत तिहारको विधि सिक्ने मौका पाए । कार्यक्रमको मुख्य आकर्षण भाइ टीका थियो, जहाँ ठुला उमेर समूहका नानीहरूले साना उमेर समूहका बाबुहरूलाई सम्पूर्ण रीतिरिवाजअनुसार टीका लगाउन सिकाइयो । भाइ मसला, सयपत्री फूलको माला, ओखर […]

बाढीपहिरोले बागमती प्रदेशका ४ सय ३५ विद्यालयमा क्षति

मकवानपुर, १४ कात्तिक । गत असोज दोस्रो साताकाे अविरल वर्षासँगै आएकाे बाढीपहिरोले बागमती प्रदेशका ४ सय ३५ विद्यालयमा क्षति पुगेकाे तथ्याङ्क छ । क्षति पुगेका अधिकांश विद्यालयमा असोज १२ देखि नै पठनपाठन ठप्प छ । प्रदेश शिक्षा विकास निर्देशनालय हेटौंडाका अनुसार बाढीपहिरोले सबैभन्दा बढी काभ्रेमा ११ पालिकाका १ सय ४९ विद्यालयमा क्षति पुगेको छ । […]