बागमती प्रदेशले प्रतिव्यक्ति २ लाख रुपैयाँ दिने

मकवानपुर, १४ असोज ।
बागमती प्रदेश सरकारले बाढी, पहिरो र डुवानमा परेर मृत्यु भएकाका परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले प्रदेश भित्र स्थायी बसोबास गर्ने मृतकका परिवारलाई प्रतिव्यक्ति क्षतिपूर्ति स्वरुप २ लाख रुपैयाँ राहत रकम तत्काल दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा सोमबार बसेको बैठकले विपदमा परेर घाईते भएकाहरुको नि:शुल्क उपचार गर्ने व्यवस्थापन मिलाउने निर्णय गरेको छ । बैठकले अस्थायी आवास निर्माणका लागि पूर्ण क्षतिको विवरण संकलन गरी प्रदेश सरकारले १ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले विपद्जन्य घटनामा तत्काल उद्दार राहत र पुनर्निर्माणमा जुट्ने निर्णय गरेको छ भने भौतिक रुपमा क्षति भएका सडक, पुल, विद्युत, खानेपानी लगायतको व्यवस्थापन गर्न प्रदेश मातहतका कार्यालयहरु मार्फत वजेट व्यवस्थापन गर्ने, वस्ती, घर, चौपायाहरुको क्षतिको विवरण संकलन गरी आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library