बागमती प्रदेशले प्रतिव्यक्ति २ लाख रुपैयाँ दिने
मकवानपुर, १४ असोज । बागमती प्रदेश सरकारले बाढी, पहिरो र डुवानमा परेर मृत्यु भएकाका परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले प्रदेश भित्र स्थायी बसोबास गर्ने मृतकका परिवारलाई प्रतिव्यक्ति क्षतिपूर्ति स्वरुप २ लाख रुपैयाँ राहत रकम तत्काल दिने निर्णय गरेको हो । मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा सोमबार बसेको बैठकले […]
एमालेले शुभकामनाका कार्यक्रम नगर्ने

चितवन, १४ असोज । नेकपा एमाले चितवनको पहिलो सचिवालय बैठक सम्पन्न भएको छ । सोमबार पार्टी कार्यालयमा सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना तथा घाइतेहरुको उपचार र शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैठकले विपदमा परेकाहरुको उद्धार, राहत र क्षतिपूर्तिमा विशेष ध्यान […]
बाढी प्रभावितलाई लायन्सको राहत सामग्री

नारायणगढ, १४ असोज । गत शुक्रबार र शनिबार परेको अविरल वर्षाले नारायणी नदीमा आएको बाढीबाट प्रभावित भएकाहरुलाई भरतपुर–१६ गुम्बाचौर झनझने शरणपुरमा सोमबार लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ आर र नेपाल रेडक्रस सोसाइटीले राहत वितरण गरेका छन् । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ आरले भरतपुर–१६ गुम्बाचौर झनझने क्षेत्रका बाढी प्रभावित बासिन्दालाई प्रतिघर २ बटाका दरले झुल, […]
असोज आपत्ति (कविता)

आश्विन मास अविरल वर्षा देशभर फैलियो पहिरो बाढी बढेर आयो धरती मैलियो घोप्टियो मेघ धरती ढाक्यो सागर बनेर चटक्क चुँडाई लगेर छाड्यो मनमुटु छेडेर ।१। डाँडा र काँडा सँगसँगै बगे सडक भासिए भरोसा अनि आशाका सुन्दर सपना मासिए रित्तियो काख सिद्धियो साथ विपत्ति आएर आँसुका भेलमा चुर्लुम्मै डुबे विरह गाएर ।२। हे दैव यस्तो के […]
प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

काठमाडौं, १४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली आज सोमवार स्वदेश फर्किँदैछन् । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री आज दिउँसो चार बजे स्वदेश आइपुग्ने कार्यक्रम छ । त्यसको एक घण्टापछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री ओलीले बाढी–पहिरोको क्षतिका बारेमा मन्त्रिहरुसँग जानकारी लिनेछन् । गत असोज ४ गते संयुक्त […]