सल्हेसलाई हराउँदै बुटवल लुम्बिनी गोल्डकपको फाइनलमा

भरतपुर, ९ असोज ।

बुटवल लुम्बिनी एफसी गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा सल्हेस एफसी सिराहालाई २–० गोलले पराजित गर्दै बुटवल लुम्बिनी उपाधि नजिक पुगेको हो । बुटवलको जितमा आयुष घलानले एक गोल गरे । अर्को एक गोल उसले उपहार पाएको थियो ।

बुटवलले खेलको ५३ औं मिनेटमा एमानुयल बोएटेङको आत्मघाती गोलमा अग्रता लिएको थियो । उनको ब्याक पासमा गोलकिपर प्रमिजय गच्छदार झुक्किँदा बलले जाली चुम्यो । अरितिक्त समयको अन्तिम मिनेटमा आयुष घलानले गोल गरेपछि बुटवल २–० गोलले विजयी भयो ।

बुटवलका कप्तान एरिक बिष्ट म्यान अफ दि म्याच भए । बुटवलले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा बिहीबार विभागीय टोलीहरु नेपाल पुलिस क्लब काठमाडौं र एपिएफ फुटबल क्लब काठमाडौं भिड्ने छन् । खेल दिउँसो ४ बजे हुनेछ ।

असोज १२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको मुख्य प्रायोजकमा गोल्डेन ईमिनेन्ट ईन्टरनेशनल तथा सह प्रायोजकमा हानामी ईन्टरनेशनल एजुकेसन रहेका छन् । बागमती प्रदेश सरकार, भरतपुर महानगरपालिका र चितवन जिल्ला फुटबल संघ प्रतियोगिताको प्रबर्धक संस्था हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट