डेंगु संक्रमण फैलाउन महानगरको वडा कार्यालय नै सहयोगी

भरतपुर, ९ असोज ।

डेंगु रोक्न भरतपुर महानगरपालिकाभित्र लार्भा नष्ट गर्ने गर्ने अभियान चलिरहँदा भरतपुर महानगरपालिका वडा नम्बर ५ कार्यालयको अन्डरग्राउण्ड भागमा जेठ महिना यता हालसम्म पनि पानी जमेर पोखरीको स्वरुप लिएको छ । यसले गर्दा कार्यालय वरपरका नागरिक डेंगुको महामारीको मारमा परेका छन् ।

डेंगुकै कारणले उक्त वडाको जनजीवन भयावह अवस्थाबाट गुज्रिरहेको छ । भरतपुर–५ वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राही कार्यालय तल जमेको पानीको कारण डेंगु सर्ने भयले ठुलो मर्कामा परेका छन् । स्थानीय बासिन्दा र टोल विकास संस्थाले उक्त समस्या हल गर्न वडामा पटकपटक ताकेता गर्दा पनि जमेको पानी सफा गर्ने काम भएको छैन । वडा सचिव चन्द्रकला शर्माले पानी जति फाले पनि सम्भव नहुने, पानी मङ्सिरतिर आफै सुक्ने भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिएकी छन् ।

वडाध्यक्ष युद्धप्रसाद श्रेष्ठ अघिल्लो कार्यकालका वडाध्यक्ष पदमपाणि सुवेदीको पालामा बनेको कार्यालय भवन अव्यबस्थित रहेको बताउँछन् । उनले बिनायोजना कार्यालय भवन बाटोको छेवैमा बनाउँदा पार्किङको असुविधा रहेको र पार्किङका लागि बनाइएको अन्डरग्राउण्डमा पानी जमेर आफू पनि हैरान भएको बताए । वडाध्यक्ष श्रेष्ठले यो समस्याको बारेमा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई जानकारी दिइएको बताएका छन् ।

अन्डरग्राउण्ड बनाउन करोड खर्च भएको तर उपलब्धि केही नभएको बताउँदै स्थानीय बासिन्दाले डेंगु नियन्त्रण गर्न उक्त समस्या तत्काल समाधान नभएमा कार्यालय बन्द गरी अन्डरग्राउण्डमा जमेको माछाको भूरा हाल्ने चेतावनी दिएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library