फुटबल प्रतियोगिताको प्रचारप्रसारका लागि मोटरसाइकल र्‍याली

देवचुली, ८ असोज ।
देवचुलीमा बुधबारबाट सुरु हुने सेन्ट्रल कलेज प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगिताको प्रचारप्रसारका लागि मोटरसाइकल र्‍याली गरिएको छ । विजयादशमीको अवसरमा देवप्रगति युवा समाजले असोज ९ गतेबाट भीमसेन आदर्श माविको खेलमैदानमा सुरु गर्न लागेको प्रतियोगिताको बारेमा जानकारी गराउनका लागि मंगलबार मोटरसाइकल र्‍याली गरिएको हो ।

भीमसेन माविको खेलमैदानबाट निस्केको र्‍याली धारापानी चोक हुँदै कुनाघाट, लक्ष्मीपुर हुँदै दलदले निस्केको थियो । त्यसै गरि दलदलेबाट कैलाश चोक, प्रगतिनगर, पृथ्वीनगर हुँदै विशालटार, झेंडीचोक रामबास, सीताबास, गोरेघुम्ती हुँदै पुन भीमसेन माविको खेलमैदान आएर र्‍याली सकिएको थियो ।

प्रतियोगिताको बुधबार समुदघाटन गरिने र सेन्ट्रल कलेज भरतपुरका प्रिन्सिपल यज्ञ विलास पौडेलले प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा बुधबार झ्यालबास हुप्सेकोटका विरुद्ध देवचुली ९ बीच उद्घाटन खेल हुनेछ। प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज भरतपुर रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट डिफेन्डरलाई पुरस्कारको व्यवस्था रहेको खेल संयोजक अर्पण सुवेदीले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट