फुटबल प्रतियोगिताको प्रचारप्रसारका लागि मोटरसाइकल र्‍याली

देवचुली, ८ असोज । देवचुलीमा बुधबारबाट सुरु हुने सेन्ट्रल कलेज प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगिताको प्रचारप्रसारका लागि मोटरसाइकल र्‍याली गरिएको छ । विजयादशमीको अवसरमा देवप्रगति युवा समाजले असोज ९ गतेबाट भीमसेन आदर्श माविको खेलमैदानमा सुरु गर्न लागेको प्रतियोगिताको बारेमा जानकारी गराउनका लागि मंगलबार मोटरसाइकल र्‍याली गरिएको हो । भीमसेन माविको खेलमैदानबाट निस्केको र्‍याली […]

नेविसंघ देवचुलीद्वारा एसइइ तथा +२ उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

देवचुली, ८ असोज । नेपाल विद्यार्थी संघ देवचुली नगर समन्वय समितिले एसइइ तथा +२ उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । नेविसंघ देवचुलीले साहारा पार्टी प्यालेसमा एसइइ तथा +२ उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान, बधाई तथा सांस्कृतिक कार्यक्रम गरेको हो । नेपाल विद्यार्थी संघ देवचुली नगर समन्वय समितिका सभापति अनिस कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका पूर्व महामन्त्री […]

महोत्सव सञ्चालन गर्न दिएकोप्रति उद्योग वाणिज्य संघको ध्यानाकर्षण

कावासोती, ८ असोज । कावासोतीमा हुन लागेको दसदिने मेलाको सञ्चालनको लागि कावासोती नगरपालिकाले दिएको अनुमतिको बिषयमा नवलपुर उद्योग वाणिज्य संघले गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ । कावासोती नगरपालिका र नवलपुर उद्योग वाणिज्य संघ बिच पटक पटक छलफल भएको र भदौ २६ गते प्रमुख प्रशासकीय अधिकृतलाई ध्यानाकर्षण पत्र बुझाउँदा पनि बेवास्ता गर्दै […]

गुल्मीको निहुरो बुटवलदेखि काठमाडौँसम्म

गुल्मी, ८ असोज । गुल्मीका केही विपन्न परिवारका मानिस निहुरो बिक्री गरेर घरमा नुन तेलको जोहो गरिरहेका छन् । भान्सामा तरकारी र अचारका रूपमा निहुरो खाने गरिन्छ । उनिउँ प्रजातिको यो वनस्पति डाँठे, झुसे र कान्ले गरी तीन प्रकारको निहुरो यहाँमा पाइन्छ । वर्षाताका समयमा लेक क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारका मानिसको दिनचर्या दिनभर जंगल […]

एयरपोर्ट अगाडि राम मिष्ठान्न भण्डारको शाखा

भरतपुर, ८ असोज । भरतपुर महानगरपालिका–१० एयरपोर्ट अगाडि राम मिष्ठान्न भण्डारको शाखा सञ्चालनमा आएको छ । नेपाल होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले उक्त मिष्ठान्न भण्डारको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै चुकेले व्यवसायीका हकहित र अधिकारको सुनिश्चिततामा राज्यले जोड दिनुपर्ने बताए । वि.सं. २०४१ सालदेखि व्यवसाय संचालन गर्दै आइरहेका राम मिष्ठान्न भण्डारका सञ्चालक […]

डेंगु रोक्न भरतपुरमा लार्भा नष्ट गर्ने अभियान

भरतपुर, ८ असोज । भरतपुर महानगरपालिका वडा नम्बर १० ले डेंगु रोग सम्बन्धि सचेतना तथा लार्भा खोज र नष्ट गर अभियान शुरु गरेको छ । वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनालको नेतृत्वमा वडा सदस्य, टोल सुधार समिति, आमा समूहलगायतको सहभागितामा मंगलबार वडाका तीनवटा टोलमा उक्त अभियान गरिएको हो । वडाले बिहान भरतपुरको स्याउलीबजार, दुरसञ्चार […]

चौथो जितिया कप महिला फुटबल प्रतियोगिताको उपाधि अभिषेक चर्च रजहरलाई

देवचुली, ८ असोज । कावासोती–१२ मा संचालित सेन्ट्रल कलेज चौंथो जितिया कप महिला फुटबल प्रतियोगिताको उपाधि अभिषेक चर्च रजहर जितेको छ । थारु महिलाहरुको महान पर्व जितियाको अवसरमा डायमण्ड युथ सोसाइटी कावासोती १२ को आयोजनामा राजमन्दिर खेल मैदानमा सोमबार अभिषेक चर्च रजहरका विरुद्ध जगतपुर फुटबल क्लबबिच भएको फाइनल खेलमा अभिषेक चर्च रजहर विजयी भएको हो […]

गैंडाकोटमा मिनी मार्ट तथा हाटबजार सञ्चालन

गैंडाकोट, ८ असोज । गैंडाकोटमै पहिलोपटक रैथाने खाद्यवस्तुलगायतको प्रवर्धनका लागि गैंडाकोट–४ मा मिनी मार्ट तथा हाटबजार सञ्चालनमा आएको छ । मंगलबार र शुक्रबार लाग्ने मिनी मार्ट तथा हाटबजारको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख मदनभक्त अधिकारीले निजी क्षेत्रले रैथाने खाद्यवस्तु तथा विविध सामग्रीको उत्पादन तथा प्रवर्धनका लागि निजी जग्गा र भवन निःशुल्क रुपमा […]

उदय अधिकारीको `प्रश्नको घेरामा समय´ सार्वजनिक

भरतपुर, ८ असोज । उदय अधिकारीको नयाँ पुस्तक `प्रश्नको घेरामा समय´ सार्वजनिक भएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले मङ्गलबार एक अनौपचारिक कार्यक्रमबीच कृति विमोचन गरेकी हुन् । अन्तर्वार्ताकार उदय अधिकारीका ५ कृतिमध्ये पछिल्लो यस पुस्तकमा प्रसिद्ध १० जना महिला साहित्यकारसँगका अन्तर्वार्ता छन् । नेपाली साहित्य फाँटका चर्चित नारी साहित्यकारहरू समेटिएको कृति विमोचन गर्न […]