ईमाश्री गार्मेन्टको दोस्रो शाखा हाकिमचोकमा

भरतपुर, ७ असोज ।
भरतपुरमा सर्वसुलभ दरमा गुणस्तरीय सेवा प्रदानको उद्देश्यसहित ईमाश्री गार्मेन्ट सञ्चालनमा आएको छ ।

भरतपुरस्थित हाकिमचोकमा बिग मार्टसँगै रहेको सो गार्मेन्ट विगत २० वर्ष अघिदेखि खैरहनीको पर्साबाट दक्ष र अनुभवी कालिगढका साथ अत्याधुनिक सेवा दिँदै आएको छ ।

खैरहनी नगरपालिका वडा नम्वर ८ बाट पहिलो शाखा विस्तार गर्दै आएको सो गार्मेन्टको मुख्य उत्पादन केन्द्र खैरहनी -८ मगनिस्थित दुर्गा भवानी टोल विकास संस्थामा अवस्थित छ ।

थाईल्याण्ड, भियतनाम र चीनबाट आयातित फाईवरबाट रोजाई अनुसारको फाईब्रीक सामग्री प्रदान गर्दै आएको गार्मेन्टका प्रबन्ध निर्देशक रोशन खत्रीले जानकारी दिए ।

चितवन जिल्लाका सम्पूर्ण सामुदायिक एवं निजी विद्यालयका पोशाक, स्काउट पोशाक तथा अर्डर अनुसार संस्थाहरुको पोशाक समेत २४ घण्टामा तयार गरेर दिँदै आएको खत्रीले बताए ।

कलेज, स्कुल तथा हरेक संघ संस्थाको पोशाक तथा सटिङ सुटिङ तयारी गर्दै आएको सो गार्मेन्ट पछिल्लो समय ग्राहकको रोजाईमा पर्न सफल भएको छ ।

ईमाश्री टेक्सटाइलले नेपाली बजारमा आफ्नै फ्रेव्रीक उत्पादन गरि सेवा प्रदान गर्दै आएको संचालक खत्रीले बताए ।

गार्मेन्टमा हाल ३५ जना कालिगढ कार्यरत छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट