पेम्बा लामाको ‘भट्टीकी साहुनी’ सार्वजनिक

काठमाडौं, ६ असोज ।

लोकप्रिय युवा गायक पेम्बा लामाको नयाँ गीत ‘भट्टीकी साहुनी’ सार्वजनिक भएको छ । गत शुक्रबार गायक लामाको युट्युब च्यानल पिएस क्रीयसनमार्फत गीत सार्वजनिक भएको हो ।

टुल्कु लामाको शब्द तथा छेतप लामाको संगीत रहेको सो गीतका रेकर्डिस्ट प्रयास दोङ र एरेन्जर जोगलाल लामा हुन् । ‘बैमानी’, ‘जिउ लाग्ने’ लगायतका गीतको सफलतापछि गायक लामाले ‘भट्टीकी साहुनी’ श्रोतामाझ ल्याएका हुन् ।

गीतको भिडियोमा प्रतीक ङ्यासुर, रिया लामा र बाल कलाकार सायना तामाङको अभिनय रहेको छ । लाक्पा दोर्जे तामाङको कोरियोग्राफी रहेको सो भिडियोलाई प्रतीक ङ्यासुरले निर्देशन गरेका हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट