सञ्चारकर्मी भुपराज पाठक सम्मानित

माडी, ३ असोज ।
माडीका चर्चित सञ्चारकर्मी, व्यङ्ग्य कलाकार, दोहोरी गायक एवं शिक्षक भुपराज पाठक हिरामती देवकोटा स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

सामुदायिक रेडियो माडीको पाँचौँ साधारणसभा एवं अधिवेशनका अवसरमा पाठकलाई दश हजार रुपैयाँ नगद र सम्मान-पत्र सहित सो सम्मान अर्पण गरिएको हो ।

हिरामती देवकोटा पत्रकारिता पुरस्कार अक्षयकोषका संस्थापक समेत रहेका सामुदायिक रेडियो प्रशारक संघ (अकोराब)का वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटाले कलाकर एवं पत्रकार पाठकलाई सो सम्मान प्रदान गरेका हुन् ।

हाल दिवाकर स्मृति माध्यमिक विद्यालयमा कार्यरत पूर्णकालीन शिक्षक पाठकले ब्रेललिपीबाट समाचार वाचन गरेका थिए भने उनको व्यङ्ग्यात्मक अडियो कार्यक्रम देशका विभिन्न रेडियोहरुबाट प्रशारित हुनेगरेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट