सञ्चारकर्मी भुपराज पाठक सम्मानित

माडी, ३ असोज । माडीका चर्चित सञ्चारकर्मी, व्यङ्ग्य कलाकार, दोहोरी गायक एवं शिक्षक भुपराज पाठक हिरामती देवकोटा स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । सामुदायिक रेडियो माडीको पाँचौँ साधारणसभा एवं अधिवेशनका अवसरमा पाठकलाई दश हजार रुपैयाँ नगद र सम्मान-पत्र सहित सो सम्मान अर्पण गरिएको हो । हिरामती देवकोटा पत्रकारिता पुरस्कार अक्षयकोषका संस्थापक समेत रहेका सामुदायिक […]

चितवन गोल्डकपमा सूर्यपुरको विजयी सुरुवात

भरतपुर, ३ असोज । गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । बिहीबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

सिस्नुपानी नेपालको मकवानपुर शाखामा पौडेलको नेतृत्व

मकवानपुर, ३ असोज । हास्यव्यंग्य साहित्य विधाको विकासका लागि स्थापित सिस्नुपानी नेपालको मकवानपुर जिल्ला शाखा अध्यक्षमा सम्प्रस पौडेल चयन भएका छन् । सिस्नुपानी नेपाल मकवानपुरको बिहीबार सम्पन्न अधिवेशनबाट सम्प्रसको अध्यक्षतामा १० सदस्यीय जिल्ला शाखा सर्वसम्मत चयन भएको हो । सिस्नुपानी नेपाल मकवानपुरको उपाध्यक्षमा गोविन्द पौडेल, सचिवमा सुमार्गी हुमागाईं, कोषाध्यक्षमा शुभद्रा हुमागाईं, सहसचिवमा अमृता लामिछाने चयन […]

बागमती प्रदेशका पाँच जिल्लामा एकै दिन छ जनाको मृत्यु

मकवानपुर, ३ असोज । बागमती प्रदेशका ५ जिल्लामा एकैदिन ६ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, दोलखा, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुलीमा ६ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । प्रदेश प्रहरीका अनुसार चितवनको भरतपुर महानगरपालिका–१२, थानीचोकमा एक पुरुष मृत फेला परेका छन् । बुधबार दिउँसो २ बजेर ४५ मिनेटको […]

नौरङ्गे टोलको साधारणसभामा वृद्धवृद्धा सम्मानित

भरतपुर, ३ असोज । भरतपुर महानगरपालिका वडा नम्बर १२ मा रहेको नौरङ्गे टोल विकास संस्थाले आफ्नो बिसौँ साधारणसभामा वृद्धवृद्धालगायत सम्मानित भएका छन् । टोल विकास संस्थाका अध्यक्ष सन्तोष पन्तको अध्यक्षता र वडा नम्बर १२ का अध्यक्ष लेखराज पन्तको प्रमुख आतिथ्यमा बिहीबार सम्पन्न कार्यक्रममा टोलवासीका तर्फबाट वडा अध्यक्ष पन्तको सहयोग र समर्पणको उच्च कदर गर्दै उनलाई […]

सेन्ट्रल मोडल कलेजद्वारा दुई करोड बराबरको छात्रवृत्ति कार्यक्रम घोषणा

भरतपुर, ३ असोज । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सेन्ट्रल मोडल कलेजले विशेष छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको छ । कलेज स्थापनाको पहिलो वर्षमा संविधान दिवसको अवसरमा पारेर बिशेष छात्रवृत्ति कार्यक्रम घोषणा गरेको हो । कलेजले उच्चशिक्षाको पहुँचलाई थप प्रवर्द्धन गर्न दुई करोड रुपैयाँ बराबरको छात्रवृत्ति कार्यक्रम घोषणा गरेको कलेजका अध्यक्ष यज्ञविला (वाइबी) पौडेलले बताए । कलेजका […]

भन्सार छली ल्याइएका १ करोड ३५ लाख मूल्य बराबरका कपडासहित २ जना भारतीय पक्राउ

मकवानपुर, ३ असोज । मकवानपुर प्रहरीले भन्सार छली ल्याइएका १ करोड ३५ लाख मूल्य बराबरकाे कपडासहित २ जनालाई नियन्त्रणमा लिएकाे छ । बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त परिमाणकाे कपडासहित भारत, बिहार मोतिहारी, तुकालिया पुर्वी चम्पारण सपही बस्ने ३० वर्षीय जन्दार आलम र बन्जरिया पुर्वी चम्पारण […]

पेरिस पारा ओलम्पिकमा पदक विजेता पलेशालाई हेटौंडामा नगर परिक्रमा

मकवानपुर, ३ असोज । बागमती प्रदेश सरकारले पेरिस पारा ओलम्पिकमा पदक विजेता पलेशा गोवर्द्धनलाई १० हेटौंडा नगर परिक्रमा गराएको छ । प्रदेश खेलकुद विकास परिषद्को व्यवस्थापनमा पदक विजेता पलेशालाई प्रदेश राजधानी हेटौंडा परिक्रमा गराएको हो । प्रदेश सरकारले पलेशालाई नगर परिक्रमा गराएर १० लाख रुपैयाँ नगदसहित सम्मान गरेकाे छ । संविधान दिवसको अवसरमा प्रदेश सरकारले […]

संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यक छ : प्रदेश प्रमुख

मकवानपुर, ३ असोज । संविधान दिवसको अवसरमा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुभकामना दिएका छन् । संविधान दिवस २०८१ तथा राष्ट्रिय दिवसको अवसरमा प्रदेश प्रमुख देवकोटाले शुभकामना सन्देश दिंदै  संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिहरुले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता अझै विद्यमान रहेको औँल्याएका छन् । जनताका प्रतिनिधिहरुले संविधान सभामार्फत् संविधान निर्माण गरी जारी […]