नौरङ्गे टोलको साधारणसभामा वृद्धवृद्धा सम्मानित

भरतपुर, ३ असोज ।

भरतपुर महानगरपालिका वडा नम्बर १२ मा रहेको नौरङ्गे टोल विकास संस्थाले आफ्नो बिसौँ साधारणसभामा वृद्धवृद्धालगायत सम्मानित भएका छन् ।

टोल विकास संस्थाका अध्यक्ष सन्तोष पन्तको अध्यक्षता र वडा नम्बर १२ का अध्यक्ष लेखराज पन्तको प्रमुख आतिथ्यमा बिहीबार सम्पन्न कार्यक्रममा टोलवासीका तर्फबाट वडा अध्यक्ष पन्तको सहयोग र समर्पणको उच्च कदर गर्दै उनलाई अभिनन्दन समेत गरिएको थियो । सचिव संगीता थापाले सञ्चालन गरेको कार्यक्रममा बोल्दै वडा अध्यक्ष पन्तले टोल विकास संस्थाले उत्कृष्ट ढंगले जिम्मेवारी वहन गरिरहेको बताए ।

कार्यक्रममा ८० वर्ष पार गरेका टोलवासीहरु लिलादेवी पौडेल, गौरीमाया सुवेदी, देवकुमारी थापा, राधादेवी उपाध्याय, गुणकुमारी तिवारी, अम्वकुमारी ढकाल, रत्नकला क्षेत्री, क्षेत्रबहादुर खड्का, भविलाल घिमिरे, रामबहादुर राना, नरबहादुर बानिया, तारादेवी न्यौपाने, नन्दमाया भुुजेल, चुन्ताकुमारी थापा र रुपमाया घिमिरेलाई सम्मान गरिएको थियो ।

यस वर्ष एमबिबिएस उत्तीर्ण गर्ने मोनिष्का घिमिरे र रोशिम श्रेष्ठ, यस वर्षको एसइई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने छात्र योगेश पौडेल र छात्रा ग्रेसी थापा, टोलमा विभिन्न क्षेत्रमा सहयोग गर्ने लक्ष्मीकुमार श्रेष्ठ, एकराज गिरी, शीतल पन्त, डम्बर रोका, गणेश भट्टराई, दीपक पराजुली, धनपति सुवेदी र अजय स्याङ्तानलाई पनि सम्मान गरिएको थियो ।

बाल क्लबले आयोजना गरेको हस्तलेखन प्रतियोगितामा पहिलो हुने नवीना घिमिरे, दोस्रो हुने सआशा क्षेत्री र तेस्रो हुने एशिका काफ्लेलाई पुरस्कृत गरिएको उक्त कार्यक्रममा धनगढा एकीकृत विकास समितिका अध्यक्ष विश्ववन्धु पौडेल, ज्योति पुस्तकालयका अध्यक्ष कृष्णराज मरहठ्ठा, सल्लाहकारहरु कृष्णप्रसाद पौडेल, मदनकृष्ण घिमिरे, ऋषिराम पौडेल, लक्ष्मीकुमार श्रेष्ठ, आमा समूहकी अध्यक्ष मनकुमारी जिसी, युवा क्लबका अध्यक्ष आयुष रिमालले शुभकामना व्यक्त गरेका थिए ।

बिसौँ साधारणसभामा सम्मानित भएका ज्येष्ठ नागरिक नरबहादुर बानियाले टोल विकास संस्थालाई आर्थिक सहयोग गरेका थिए । साधारणसभामा उपाध्यक्ष पुस्तकराज न्यौपानेले स्वागत मन्तव्य, संगीता थापाले सचिवको प्रतिवेदन, यवनिधि तिवारीले कोषाध्यक्षको प्रतिवेदन, विष्णुमाया रानाभाटले आयव्यय विवरण प्रस्तुत गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट