बालकुमारी कन्या माविमा आँखा परिक्षण शिविर

भरतपुर, १८ भदौ ।
भरतपुर महानगरपालिका वडा नम्बर २ मा रहेको बालकुमारी कन्या माविमा अध्ययन गर्ने कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुको आँखा परिक्षण गरिएको छ ।

लायन्स क्लब अफ नारायणगढ बालकुमारी तथा रोटर्‍याक्ट क्लब अफ भरतपुरको संयुक्त आयोजना तथा भरतपुर आँखा अस्पातलको प्राविधिक सहयोगमा गरिएको कार्यक्रममा लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष शेरबहादुर पौडेलको अध्यक्षता तथा रोटर्‍याक्ट क्लब अफ भरतपुरका अध्यक्ष सविन पौडेलको सहअध्यक्षता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाट र बालकुमारी कन्या माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल चुके, प्रधानाध्यापक विष्णुप्रसाद वाग्ले, भरतपुर आँखा अस्पतालका प्राविधिक प्रमुख रमेश घिमिरे, विशेष अतिथि थिए । कार्यक्रममा लायन्स क्लब अफ नारायणगढ बालकुमारीका पूर्व अध्यक्षहरु अतिथिका रूपमा रहेका थिए ।

प्रमुख अतिथिबाट सेवाग्राही विद्यार्थीलाई जाँच पुर्जी दिएर आँखा परिक्षण कार्यक्रम शुरु गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि रानाभाटले शुभकामना मन्तव्य राखेका थिए । रानाभाटले भने – `समाज र देशभरी नै लायन्सलाई एक दशक अगाडि चिनिने जानिने नाम नै आँखा शिविर गर्ने संस्था भनेर बुझिन्थ्यो, तर हाल आएर आँखाको क्षेत्रमा लायन्सले काम गर्न कम गरेको हो कि (?) भन्ने महसुस भईरहेको छ ।´

`लायन्सले पुनः पहिले जसरी नै समाजसेवामा आँखा शिविरको शुरुवात गरेको जसरी विद्यालयमा आएर आँखा परिक्षण शिविरको आयोजना गरी विद्यार्थीहरुको स्वास्थ्य प्रति देखाएको चासोका लागि दुबै आयोजक क्लबलाई हार्दिक धन्यवाद छ´ वडा अध्यक्ष रानाभाटले भने ।

दृष्टि विशेषज्ञ सविना भट्टराई, आशिका खड्का, मोनिका पौडेल र पुष्पा अधिकारिले आँखा परिक्षण गरेको उक्त शिविरमा कुल १ हजार २०० जना विद्यार्थीहरुबाट परिक्षण आवश्यक पहिचान गरिएका २८५ जना विद्यार्थीहरु तथा १७ जना शिक्षक कर्मचारी गरी कुल ३०२ जनाको आँखा परिक्षण गरिएको थियो ।

परिक्षणबाट आँखामा समस्या देखिएका ५३ जना विद्यार्थीहरु भेटिएकामा थप उपचारका लागि अस्पताल जानु पर्ने १८ जना विद्यार्थीहरु तथा चस्मा प्रयोग गर्नुपर्ने २५ जना विद्यार्थी भेटिएका थिए । चस्मा प्रयोग गर्नुपर्ने २५ जना विद्यार्थीहरुलाई भने भरतपुर आँखा अस्पतालले निकट भविष्यमा नि:शुल्क रुपमा चस्मा उपलब्ध गराइ वितरण गरिने जानकारी लायन्स क्लब अफ नारायणगढ बालकुमारीका कोषाध्यक्ष तथा कार्यक्रममा संयोजक सन्तोष पराजुलीले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट