बालकुमारी कन्या माविमा आँखा परिक्षण शिविर

भरतपुर, १८ भदौ । भरतपुर महानगरपालिका वडा नम्बर २ मा रहेको बालकुमारी कन्या माविमा अध्ययन गर्ने कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुको आँखा परिक्षण गरिएको छ । लायन्स क्लब अफ नारायणगढ बालकुमारी तथा रोटर्‍याक्ट क्लब अफ भरतपुरको संयुक्त आयोजना तथा भरतपुर आँखा अस्पातलको प्राविधिक सहयोगमा गरिएको कार्यक्रममा लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष शेरबहादुर पौडेलको […]

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट कैलालीमा दुई जनाको मृत्यु

कैलाली, १८ भदौ । जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ । सङ्क्रमणबाट घोडाघोडी नगरपालिकाका दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले जानकारी दिइन् । जोशीकानुसार घोडाघोडी नगरपालिका–५ का ९ वर्षीय बालक र ६ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो । जिल्लाका थप चार जनामा सङ्क्रमण पुष्टि भएको […]

हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु रोगको सङ्क्रमण

काठमाडौँ , १८ भदौ । देशभरि डेंगुका बिरामीको सङ्ख्या ६ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु रोगको सङ्क्रमण देखिएको छ । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा.गोकर्णप्रसाद दाहाल अनुसार ६ हजार तीन सय ४७ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ […]

सिएमसी कर्पोरेट कप जित्यो एजुकेशन प्लानेटले

भरतपुर, १८ भदौ । पहिलो संस्करणको सिएमसी कर्पोरेट कप इण्डोर क्रिकेटको उपाधि एजुकेशन प्लानेटले जितेको छ । भरतपुर–३, स्थित क्यासी स्पोर्टस् एण्ड रिक्रियशनल सेन्टरमा सोमबार राति सम्पन्न निकै रोमाञ्चक फाइनल प्रतिस्पर्धामा सेन्ट्रल कलेजलाई ८ रनले पराजित गर्दै एजुकेशन प्लानेटले उपाधि जितेको हो । जितका लागि अन्तिम ओभरमा सेन्ट्रल कलेजलाई २३ रन आवश्यक रहेकोमा १४ रन […]

चितवनमा २ जनाको मृत्यु

चितवन, १८ भदौ । भरतपुर महानगरपालिका–२६ स्थित खयरघारी दुर्गा मन्दिरटोलमा ३ वर्षीय बालकको कुलोमा डुबेर मृत्यु भएको छ । स्थानीय हरीबहादुर कुमालका ३ वर्षीय छोरा सन्देश कुमालको कुलोमा खेल्ने क्रममा डुबेर मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । कार्यालयका अनुसार आईतबार साँझ बालकलाई डुबेको स्थानबाट २ सय मिटर तल फेला पारी उपचारार्थ […]