चितवनमा २ जनाको मृत्यु

चितवन, १८ भदौ ।
भरतपुर महानगरपालिका–२६ स्थित खयरघारी दुर्गा मन्दिरटोलमा ३ वर्षीय बालकको कुलोमा डुबेर मृत्यु भएको छ ।

स्थानीय हरीबहादुर कुमालका ३ वर्षीय छोरा सन्देश कुमालको कुलोमा खेल्ने क्रममा डुबेर मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । कार्यालयका अनुसार आईतबार साँझ बालकलाई डुबेको स्थानबाट २ सय मिटर तल फेला पारी उपचारार्थ भरतपुरस्थित सरकारी अस्पतालमा पुर्‍याइएको थियो । बालकको उपचारकै क्रममा मृत्यु भएको हो ।

यसैगरी माडी नगरपालिका–१ स्थित शिकारीपुरमा चट्याङ लागि एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीया सरस्वती महतो छिन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार महतोलाई आईतबार बिहान ९ बजे आफ्नै गोठमा भैसीलाई कुँडो हाल्न जाँदा एक्कासी चट्याङ लागेको थियो । चट्याङ लागी गम्भिर घाईते बनेकी उनको बघौडा अस्पताल माडीमा उपचारकै क्रममा बिहान १० बजेर ५० मिनेटमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट