ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर, १७ भदौ ।
मकवानपुरकाे हेटौंडा–१९, नेवारपानीस्थित कोशिस पेट्रोलपम्प नजिकै पूर्वपश्चिम सडकखण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–९ का २५ वर्षीय अभिषेक सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।

सोमबार बिहान नवलपरासीबाट झापाको लागि सिमेन्ट लोड लिएर आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २०८६ नम्बरको ट्रकले हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२२ प २५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुवेदी गम्भीर घाइते भएका थिए ।

घाइते सुवेदीलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । ट्रक चालक दाङको गडुवा गाउँपालिका–२ का २३ वर्षीय चन्द्रप्रसाद चौधरीलाई नियन्त्रणमा लिइएकाे छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट