डेङ्गु सङ्क्रमणका कारण एक जनाको मृत्यु

चितवन, १७ भदौ । डेङ्गु सङ्क्रमणका कारण जिल्लामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन् । चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएकाे छ । कार्यालयका अनुसार ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए । यसैगरी जिल्लाका […]

भीरबाट मोटरसाइकल खस्दा एक जनाकाे मृत्यु

मकवानपुर, १७ भदौ । मकवानपुरकाे हेटौंडाबाट काठमाडौँ जाने छोटो दुरीकाे मार्ग अन्तरगत भीमफेदी– कुलेखानी खण्डको जुरीखेतमा मोटरसाइकल भीरबाट खस्दा एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका–१५ का ४० वर्षीय वृतनारायण यादव रहेकाे मकवानपुर प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले सोमबार काठमाडौंबाट हेटौंडा आउँदै […]

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर, १७ भदौ । मकवानपुरकाे हेटौंडा–१९, नेवारपानीस्थित कोशिस पेट्रोलपम्प नजिकै पूर्वपश्चिम सडकखण्डमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–९ का २५ वर्षीय अभिषेक सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । सोमबार बिहान नवलपरासीबाट झापाको लागि सिमेन्ट लोड लिएर आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २०८६ नम्बरको ट्रकले हेटौंडाबाट मनहरीतर्फ […]

कृषि प्रविधिको विकास आजकाे आवश्यकता

मकवानपुर, १७ भदौ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकाेटाले कृषि प्रविधिको विकास आजकाे आवश्यकता भएकाे बताएका छन् । बी.पी. चिन्तन प्रतिष्ठान मकवानपुरले शनिबार आयोजना गरेको “नेपालमा कृषि क्रान्तिः सम्भावना र चुनौती” विषयक विचार गोष्ठीलाई सम्बाेधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हामी एक्काइसौ शताब्दीमा सूचना, प्रविधि र नवीनतम विकासमा लाग्छौं’ देवकाेटाले भने ‘ती विकासलाई “कृषि […]

रेडियो संकेतको तीज गीत प्रतियोगितामा गैंडाकोट बोर्डिङ स्कुल प्रथम

गैंडाकोट, १७ भदौ । रेडियो संकेत ९३ मेगाहर्जले शनिबार आयोजना गरेको ‘बृहद खुल्ला तीज गीत प्रतियोगिता २०८१’ मा गैंडाकोट बोर्डिङ स्कूल प्रथम भएको छ । प्रतियोगितामा वडा नम्बर २ मा रहेको शिलान्यास टोल महिला समूह द्वितीय भएको छ । सरस्वती बोर्डिङ स्कुल तृतीय र प्रगति टोल महिला विकास समूहले प्रोत्साहन पुरस्कार जितेका छन् । ४० […]