“के गल्ती थियो र उनको ?”

आरोपा श्रेष्ठ

कक्षा १०, सनराइज इङ्लिस स्कुल, चितवन

 

पढिन् उनले सत्र वर्ष दिन रात नसुती

बनिन् उनी डाक्टर अनि भए उनका परिवार खुसी

खटिन् उनी चौबिसै घण्टा अरुको जीवन बचाउन

तर अन्त्यमा उनी आफैं मर्नु पर्‍यो अकालमा

त्यो पनि बलात्कारको कारण

के गल्ती थियो र उनको ?

 

परिवारलाई गर्व गराउन त खोजेकी थिइन् उनले

मानिसको जीवन बचाउन त खोजेकी थिइन् उनले

कसले गर्यो यस्तो जघन्य अपराध ?

किन गरियो उनलाई  बलात्कार  ?

किन गुमाउनु पर्‍यो उनले जीवन ?

अस्पतालभित्रै डाक्टर असुरक्षित ?

के गल्ती थियो र उनको ?

 

के महिला हुनु गल्ती हो ?

उनीहरू अझै पनि आफ्नै कार्यस्थलमा किन असुरक्षित ?

उनीहरू अझै कति डरै डरमा बाँच्नुपर्ने हो  ?

उनीहरू अझै कति  बलात्कारले मर्नु पर्ने हो  ?

के गल्ती थियो र उनको ?

 

ए पुरुषवादी सत्ता,

एउटा अहम् प्रश्न छ मेरो,

“के गल्ती थियो र मौमिता देवनाथको ?”

मानिसको जीवन बचाउन त खोजेकी थिइन् उनले

किन उनलाई गरियो बलात्कार ?

किन मर्नु पर्यो उनी बलात्कारका कारण ?

त्यो पनि अस्पतालभित्रै ?

के गल्ती थियो र उनको ?

साँच्चै

के गल्ती थियो र उनको ?

 

(यो कविता भारतको कोलकाताको आरजी कार मेडिकल कलेजकी डाक्टर मौमिता देवनाथको बलात्कार र मृत्युको सन्दर्भमा लेखिएको हो।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट