प्रेसिडेन्सी कलेजमा उद्घोषण तालिम

भरतपुर, ३२ साउन ।
भरतपुर महानगरपालिका वडा नम्बर- १० स्थित प्रेसिडेन्सी कलेजले कक्षा १२ मा अध्ययनरत विद्यार्थीका लागि आयोजना गरेको ब्यक्तित्व विकास एवम उद्घोषण सम्बन्धी ५ दिने तालिम सम्पन्न भएको छ ।

विद्यार्थीहरुको व्यक्तित्व विकास एवम् उद्घोषण कलाको विकासका लागि लक्षित गरि आयोजना गरिएको तालिममा ‘बोल मनको कुरा खोल’ नामक उद्घोषण सम्बन्धी पुस्तकका लेखक, रेडियोकर्मी तथा व्यक्तित्व विकास एवम् उद्घोषण तालिम प्रशिक्षक मनोज पन्तले प्रशिक्षण दिएका थिए ।

कलेजका प्लस टु संयोजक सरोज खडकाले संयोजन गर्नु भएको सो तालिम कलेजले हरेक वर्ष गर्दै आइरहेको छ । यस्तो किसिमको तालिमले विद्यार्थीमा आत्मविश्वासको भावना विकास हुने र व्यक्तित्व विकासमा समेत टेवा पुग्ने कलेजका प्रिन्सिपल शम्भु क्षेत्रीले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट