भ्याली स्टेट कलेजमा चितवन मै पहिलोपटक बिएचसिएम पढाइ हुने

भरतपुर, ३२ साउन । भरतपुर महानगरपालिका वडा नम्बर-१० हाकिमचोकस्थित स्याउली बजारमा रहेको भ्याली स्टेट कलेजले बि.एच.सी.एम. र एम.बि.ए. कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भ्याली स्टेट कलेजले बिबिएको अलावा बिएचसीएम र एमबिए कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ । विगत १२ वर्षदेखि बिबिए (BBA) कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्दै आएको भ्याली […]

प्रेसिडेन्सी कलेजमा उद्घोषण तालिम

भरतपुर, ३२ साउन । भरतपुर महानगरपालिका वडा नम्बर- १० स्थित प्रेसिडेन्सी कलेजले कक्षा १२ मा अध्ययनरत विद्यार्थीका लागि आयोजना गरेको ब्यक्तित्व विकास एवम उद्घोषण सम्बन्धी ५ दिने तालिम सम्पन्न भएको छ । विद्यार्थीहरुको व्यक्तित्व विकास एवम् उद्घोषण कलाको विकासका लागि लक्षित गरि आयोजना गरिएको तालिममा ‘बोल मनको कुरा खोल’ नामक उद्घोषण सम्बन्धी पुस्तकका लेखक, रेडियोकर्मी […]

गाइजात्राको दिन भदौ ४ गते बागमती प्रदेशमा सार्वजनिक बिदा

मकवानपुर, ३२ साउन । बागमती प्रदेश सरकारले गाईजात्रा पर्वकाे अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार बसेको बागमतीको मन्त्रिपरिषद् बैठकले भदौ ४ गते मनाइने गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० अनुसार गाईजात्रामा सार्वजनिक […]

चितवनमा `एक बसाई अभागी थेगुवासँग´

भरतपुर, ३२ साउन । कवि अभागी थेगुवाको उपस्थितिमा चितवनमा `एक बसाई अभागी थेगुवासँग´ कार्यक्रम गरिएको छ । पूर्वी नेपालको झापाबाट आएका कवि अभागीसँग चितवनका कविहरूले शुक्रबार साँझ छलफल गर्दै उनका कविता सुनेका छन् । कार्यक्रममा कवि थेगुवाले हालै प्रकाशित आफ्नो कवितासङ्ग्रह `सपनाहरूको बही´ बाट केही प्रतिनिधि कविताहरू सुनाए । उनले `बही´, `शिक्षक २´, `नयाँ नेपाल´, […]

पदक विजेता खेलाडीले २ वर्षसम्म पुरस्कार पाएनन्

मकवानपुर, ३२ साउन । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जितेका बागमती प्रदेशका खेलाडीहरूले २ वर्षसम्म पुरस्कार प्राप्त गर्न सकेका छैनन् । उक्त प्रतियोगितामा बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्यसहित १४५ पदक जितेको थियो । बागमती प्रदेश सरकारले राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण विजेतालाई १ लाख, रजत विजेतालाई ७५ हजार र कास्य पदक विजेतालाई […]