गाइजात्राको दिन भदौ ४ गते बागमती प्रदेशमा सार्वजनिक बिदा

मकवानपुर, ३२ साउन ।
बागमती प्रदेश सरकारले गाईजात्रा पर्वकाे अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार बसेको बागमतीको मन्त्रिपरिषद् बैठकले भदौ ४ गते मनाइने गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० अनुसार गाईजात्रामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गाइजात्रा विशेष गरी नेवार समुदायले मनाउने गर्छन् । उक्त ऐन अनुसार सरकारी कामकाजकाे भाषामा नेवारी (नेपाल भाषा) भाषा समावेश गरिएकाे छ । ऐनमा गाईजात्रा पर्वमा हरेक वर्ष बिदा दिने व्यवस्था रहेको उनले जानकारी दिए ।

प्रदेश सरकारकाे उक्त निर्णयसँगै बागमती प्रदेशभर भदौ ४ गते गाईजात्राको दिन सरकारी कार्यालय सार्वजनिक संस्थान, विद्यालय, निजी संघसंस्थाहरु बन्द रहने भएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट