बागमतीका मुख्यमन्त्री लामाले गरे मन्त्रिपरिषद् विस्तार

मकवानपुर, ९ साउन ।
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बुधबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ खुवाएलगत्तै मुख्यमन्त्री लामाले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

लामा नेतृत्वको सरकारमा प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी विकासमन्त्री, अमनकुमार मास्के भौतिक पूर्वाधार विकासमन्त्री, किरण थापा मगर स्वास्थ्यमन्त्री, कृष्णप्रसाद सिलवाल, वन तथा वातावरणमन्त्री, प्रेमभक्त महर्जन श्रम, रोजगार तथा यातायातमन्त्री, सुकुमाया तामाङ उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बनेकी छिन् ।

यस्तै, कांग्रेसबाट कुन्दनराज काफ्ले, श्यामबहादुर खड्का र मधुकुमार श्रेष्ठले पनि मन्त्री बनेका छन् । काफ्ले, खड्का र श्रेष्ठको जिम्मवारी भने तोकिएको छैन ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट