सौर्य एयरको विमान दुर्घटनामा १८ जनाले गुमाए ज्यान

काठमाडौं, ९ साउन ।
सौर्य एयरको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । १८ जनाको शव संकलन गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानमा १९ जना सवार रहेकाेमा घाइते एकजनाको अस्पतालमा उपचार भइरहेको छ । उनी क्याप्टेन पाइलट मनिष शाक्य हुन् ।

काठमाडौंबाट पोखरातर्फ जहाज उड्ने क्रममा बुधबार बिहान सवा ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार सौर्य एयरलाइन्सको विमानमा १९ जना सवार थिए ।
चालकदलका २ जना सदस्य पाइलट मनिषरत्न शाक्य र कोपाइलट एस कटुवाल रहेका थिए ।

प्राधिकरणका अनुसार दुर्घटनाग्रस्त विमानमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मञ्जुराज शर्मा, अश्विन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा कर्मचारी रहेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट