सौर्य जहाज दुर्घटनामा १५ जनाको मृत्यु

काठमाडौं, ९ साउन ।
त्रिभुवन विमानस्थलमा बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको सौर्य एअरलाइन्सका पाइलइटको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनास्थलबाट अस्पतालमा पुर्‍याइएका पाइलट ३७ वर्षीय मनिष शाक्यको अस्पतालको आकस्मिक कक्षमा उपचार भैरहेको छ ।

दुर्घटनामा घाइते पाइलट शाक्यको शरीरमा जलन भएको छैन । तर उनको शरीरमा आँखासहित विभिन्न स्थानमा भने चोट लागेको छ । उनको मुखबाट पनि रगत आइरहेको आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकले जानकारी दिए ।

प्रारम्भिक जानकारीअनुसार जहाज दुर्घटना हुँदा पाइलट बसेको ककपटिको भाग एयरपोर्टको माथिल्लो स्थानमा नै अड्किएको र जहाजको अन्य भाग तल खसेका कारण ककपिट जल्न पाएको थिएन । विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको बताइएको छ । विमानबाट १५ जनाको शव निकालिएको छ । अन्य ३ जनाको उद्धार गरी उपचारका लागि टिचिङ अस्पताल पठाइएको प्रहरीले बताएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट