विमान कै १९ जना कर्मचारी बोकेको सौर्यको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना

काठमाडौँ, ९ साउन ।
त्रिभुवन विमानस्थलबाट उडान भर्ने क्रममा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । जहाज करिब सवा ११ बजेतिर दुर्घटना भएको हो ।

विमानस्थलबाट पोखराका लागि उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो ।

सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:१५ मिनेटमा दुर्घटनामा परेको थियो।

जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ ।

जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।

ग्राउन्डेड जहाज मर्मतका लागि पोखरा लैजानेक्रममा दुर्घटनामा परेको हो । विमानमा चालक दल २ जना र विमान कै अन्य १७ जना प्राबिधिक भएको बताइएको छ । सौर्य एयरलाइन्सका तीन वटा मात्रै विमान छन् । तिनले काठमाडौं – बिराटनगर र काठमाडौं भद्रपुरको उडान गर्छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट