स्याङ्जा, ५ साउन ।
स्याङ्जाको साहित्यिक इतिहासमा पहिलोपटक समीर साँझ- २०८१ गरिएको छ । कार्यक्रममा स्रस्टा मिलन समीरको तेस्रो एकल मुक्तक वाचन गरिनुका साथै उनको मुक्तकसङ्ग्रह `मिलनमन्त्र´ विमोचन तथा विमर्श गरिएको छ ।
वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान- २०७६, स्याङ्जाको आयोजनामा शनिबार साँझ वालिङ-६, मिर्दीस्थित नेचुरल भ्यू प्वाइन्ट रेस्टुरेन्टको सभाहलमा समीर साँझ- २०८१ गरिएको हो ।
समीर साँझ- २०८१ कार्यक्रममा मिलन समीरको तेस्रोपटक एकल मुक्तक वाचनसँगै समीरको नवीनतम मुक्तक काव्य कृति मिलनमन्त्र (मायालु मुक्तकहरु) को विमोचन र विमर्शसमेत गरिएको थियोे ।
वरिष्ठ साहित्यकार देवीप्रसाद वनवासीको अभिभावकत्वमा अनौपचारिक रूपमा आयोजना गरिएको समीर साँझ- २०८१ कार्यक्रममा अग्रज समालोचक यमप्रकाश खनालद्वारा मुक्तक काव्यकृतिमाथि केन्द्रित रहेर समीक्षात्मक टिप्पणी प्रस्तुत गरिएको थियोे ।
कार्यक्रमको शुभारम्भ युवा मुक्तककार मिलन समीरद्वारा आधा दर्जन मुक्तक वाचनसँगै भएको थियोे । त्यसपश्चात मिलनमन्त्रको विमोचन देवीप्रसाद वनवासी, यमप्रकाश खनाल र मिलन समीरद्वारा गरिएको थियोे ।
मुक्तककार मिलन समीरद्वारा तीन चरणमा मुक्तक वाचन गरिएको थियोे ।
कार्यक्रमलाई वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान- २०७६, स्याङ्जाका संस्थापक सहयात्री युवाकवि वसन्त खनालद्वारा सहजीकरण गरिएको थियोे ।
कार्यक्रममा स्याङ्जाली कवि दिलीप तिवारी फकिर, अनन्त अर्याल, पारिश्वर न्यौपाने, खगेन्द्रजंग थापा, डोलराज डुम्रे विकल्प, अग्निकुमार रेग्मी पल्लव, विष्णु पङ्गेनी पाण्डे, ध्रुवप्रसाद शर्मा पङ्गेनी, सीताराम अधिकारी, चण्डिकाप्रसाद भट्टराई, स्मारिका अर्याल, देवराज गैह्रे, सिर्जना रेग्मी उपाध्याय प्रकृति, ढालबहादुर केसी, अरुण अर्याल, बोधराज न्यौपाने, लक्ष्मीप्रसाद रेग्मी, राजकुमार उपाध्याय, मालारानी थापा क्षेत्री, नारायणप्रसाद कोइराला, विदुर कोइराला, कुशल काफ्ले, बिना शर्मा, नवराज रेग्मी, हिमलाल पङ्गेनी, युक्तबहादुर बोगटी, सीता गौडेल गैह्रे, स्वप्निल समीर, स्वर्णिम समीर, सिजल अर्याल, सृष्टि कोइराला, मातृका अर्याल, श्यामप्रसाद ढुंगाना, नवराज भुसाल, दीपक लम्साल, मन्जु केसी, गोपाल जिटी, विनोद खनाल, रुपक खनाल, भुपेन्द्र कोइराला, सरस्वती अर्याल, रामभक्त अधिकारी, शम्भु अर्याल आदिद्वारा आफ्ना उत्कृष्ट मुक्तक, गजल र कविता रचनाहरु वाचन गरिएको थियोे ।





