मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा, नयाँ सरकार गठनका लागि आह्वान

मकवानपुर, ६ साउन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन् । आइतबारको प्रदेशसभा बैठकमा एक घण्टा सम्बोधन गर्दै विश्वासको मत नलिने तर मार्गप्रसस्त गर्ने घोषणा गरेका मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन् । प्रदेश सभाबाट प्रदेश प्रमुख कार्यालय गएर मुख्यमन्त्री जम्कट्टेलले राजीनामा बुझाएका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा […]

किताब जात्राको छैटौं संस्करण हुँदै

काठमाडौं, ६ साउन । ‘किताब जात्रा’को छैटौं संस्करण साउन १८ र १९ गते आर्मी अफिसर्स क्लब, सुन्धारामा हुने भएको छ । किताब यात्रा फाउन्डेसनले आयोजना गर्ने किताब जात्रा यस वर्ष भौतिक रूपमा दुई दिन हुन लागेको हो । ‘किताब जात्राको छैटौं संस्करण घोषणा गर्न पाउँदा हामी निकै उत्साहित छौं’ फाउन्डेसनका अध्यक्ष तथा फेस्टिभल डाइरेक्टर ऋषिराम […]

मौलाकालिका मन्दिरमा महाआरती हुने, केवलकारमा ५०% छुट अफर

गैंडाकोट, ६ साउन । धार्मिक र ऐतिहासिक महत्व बोकेको गैंडाकोटस्थित प्रसिद्ध मौलाकालिका मन्दिरमा साउन महिनालाई लक्षित गरी हरेक सोमबार साँझ महाआरती हुने भएको छ । सोही महाआरतीलाई लक्षित गरी मौलाकाली केवलकारले सोमबारे सन्ध्या आरती अफर ल्याएको जनाएको छ । अफर अन्तर्गत हरेक सोमबार साँझ ५ बजेपछि पाइने टिकटमा ५० प्रतिशत छुट दिइने केवलकारका मेनेजर सुरज […]

बागमतीका मुख्यमन्त्रीले कांग्रेस एमालेको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने

मकवानपुर, ६ साउन । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नयाँ समीकरण अनुसार सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने घोषणा गरेका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा आफ्ना धारणा राख्दै सो घोषणा गरेका हुन् । मुख्यमन्त्री जम्कट्टेलले नयाँ राजनीतिक संस्कार विकास गर्न कांग्रेस एमालेको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने निर्णय गरेको बताए । उनले रेकर्डका लागि संसद् बैठक […]

सौराहामा ७ करोड लगानीको चन्द्रमा होटल सञ्चालनमा

सौराहा, ६ साउन । सौराहामा ७ करोड रुपैयाँ लगानीमा चन्द्रमा होटल एण्ड रेष्टुरेण्ट सञ्चालनमा आएकोछ । भरतपुर महानगरपालिका वडा नम्बर – ९ शरदपुरका युवा व्यवसायी चेतराम गैरेले रत्ननगर वडा नम्बर – ६ सौराहामा १७ कोठे सुविधा सम्पन्न चन्द्रमा होटल सञ्चालनमा ल्याएका हुन् । सन २००९ मा जापानको टोकियोबाट व्यवसाय सुरू गरेका युवा व्यवसायी गैरेले नेपालको तेस्रो […]

स्याङ्जामा `समीर साँझ´ सम्पन्न

स्याङ्जा, ५ साउन । स्याङ्जाको साहित्यिक इतिहासमा पहिलोपटक समीर साँझ- २०८१ गरिएको छ । कार्यक्रममा स्रस्टा मिलन समीरको तेस्रो एकल मुक्तक वाचन गरिनुका साथै उनको मुक्तकसङ्ग्रह `मिलनमन्त्र´ विमोचन तथा विमर्श गरिएको छ । वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान- २०७६, स्याङ्जाको आयोजनामा शनिबार साँझ वालिङ-६, मिर्दीस्थित नेचुरल भ्यू प्वाइन्ट रेस्टुरेन्टको सभाहलमा समीर साँझ- २०८१ गरिएको […]

बागमती मुख्यमन्त्रीद्वारा संघीयता र संविधान कार्यान्वयनमा चिन्ता व्यक्त

मकवानपुर, ६ साउन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संघीयता र संविधान कार्यान्वयनमा गम्भीर चिन्ता व्यक्त गरेका छन् । आइतबार आफ्नो १८ महिने कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै उनले वर्तमान सत्ता गठबन्धनको अस्पष्ट भविष्यले संविधान र संघीयतामाथि थप चुनौती सिर्जना गरेको बताए । मुख्यमन्त्री जम्कट्टेलका अनुसार, एमाले-कांग्रेस गठबन्धन केवल संविधान संशोधन र राजनीतिक स्थिरताका लागि […]

मेरो बाल्यकाल र गुरूहरूको सम्झना

सर्लक्क सिउँदो चिरेजस्तो बिचमा पूर्वपश्चिम महेन्द्र राजमार्ग, राजमार्गको उत्तरतर्फ खुल्ला फाँट, हरियो जङ्गल । दक्षिणतर्फ घर, बस्ती, अलिक तल नारायणी । नवलपुरको यही परिवेशमा जीवनको एउटा स्वप्निल, जिज्ञासु, कल्पनाशील र ऊर्जामय कालखण्ड बितेको छ । समग्र जीवनबाट यो खण्ड झिकिदिने हो भने के नै शेष रहला र ? अग्रगमनतर्फ गतिशील हुनेहरु विगत भुल्न सक्लान् तर […]

जुनूको `प्रदीप्त मन´ कवितासङ्ग्रह सार्वजनिक

काठमाडौं, ६ साउन । जुनू घिमिरेकाे कवितासङ्ग्रह `प्रदीप्त मन´ सार्वजनिक भएकाे छ । शनिबार काठमाडौंमा आयाेजित एक कार्यक्रमका बिचमा बरिस्ठ कवि तथा नाटककार अशेष मल्ल, मदन पुरस्कार विजेता कवि डाक्टर नवराज लम्साल, कवि समालोचक शैलेन्दुप्रकाश नेपाल र छन्दकवि डाक्टर देवी नेपालले संयुक्तरुपमा कवितासङ्ग्रहकाे लाेकार्पण गरे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि वरिष्ठ कवि तथा नाटककार अशेष […]

मकवानपुरका तुलसी घिमिरेको गजलसङ्ग्रह ‘घामका फूलहरू’ सार्वजनिक

मकवानपुर, ६ साउन । मकवानपुरका अग्रज साहित्यकार तुलसी घिमिरेको गजलसङ्ग्रह ‘घामका फूलहरू’ शनिबार हेटौंडामा विमाेचन गरिएको छ । गजल मञ्च मकवानपुरको २१५ औँ गजल यात्रामा घिमिरेद्वारा लिखित गजलसङ्ग्रह विमोचन गरिएको हो । मञ्चका अध्यक्ष केशव समर्पण, मकवानपुरका अग्रज शिक्षासेवी तथा अग्रज सञ्चार उद्यमी देव श्रेष्ठ, सर्जक सञ्जाल मकवानपुरका संयाेजक निमेष निखिललगायतले पुस्तककाे लाेकार्पण गरेका हुन् […]