मौलाकालिका मन्दिरमा महाआरती हुने, केवलकारमा ५०% छुट अफर

गैंडाकोट, ६ साउन ।
धार्मिक र ऐतिहासिक महत्व बोकेको गैंडाकोटस्थित प्रसिद्ध मौलाकालिका मन्दिरमा साउन महिनालाई लक्षित गरी हरेक सोमबार साँझ महाआरती हुने भएको छ । सोही महाआरतीलाई लक्षित गरी मौलाकाली केवलकारले सोमबारे सन्ध्या आरती अफर ल्याएको जनाएको छ ।

अफर अन्तर्गत हरेक सोमबार साँझ ५ बजेपछि पाइने टिकटमा ५० प्रतिशत छुट दिइने केवलकारका मेनेजर सुरज पौडेलले बताए । `यसबाट साँझपख मन्दिर जान र मन्दिरको महाआरतीमा सहभागी हुन चाहने धेरै यात्रु तथा भक्तजन लाभान्वित हुने हामीले विश्वास लिएका छौं´, उनले बताए ।

आरती अफर टिकट हरेक सोमबार साँझ ५ बजेपछि पाइनेछ । आरती भएको दिन केवलकार साँझ ८ बजेसम्म सञ्चालन हुने मेनेजर पौडेलले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट