जुनूको `प्रदीप्त मन´ कवितासङ्ग्रह सार्वजनिक

काठमाडौं, ६ साउन ।
जुनू घिमिरेकाे कवितासङ्ग्रह `प्रदीप्त मन´ सार्वजनिक भएकाे छ । शनिबार काठमाडौंमा आयाेजित एक कार्यक्रमका बिचमा बरिस्ठ कवि तथा नाटककार अशेष मल्ल, मदन पुरस्कार विजेता कवि डाक्टर नवराज लम्साल, कवि समालोचक शैलेन्दुप्रकाश नेपाल र छन्दकवि डाक्टर देवी नेपालले संयुक्तरुपमा कवितासङ्ग्रहकाे लाेकार्पण गरे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि वरिष्ठ कवि तथा नाटककार अशेष मल्लले जुनू घिमिरेकाे कवितामा समयकाे स्वर रहेकाे बताए । `उहाँका कविता सरल छन् तर वाेधगम्य छन्´
पुस्तकमाथि आफ्नाे धारणा राख्दै कवि तथा गीतकार डाक्टर नवराज लम्सालले भने – `जुनू घिमिरेकाे कविता कचपल्टेका छैनन् र अर्थबाेधकाे हैरानी पनि छैन । राम्राे बनाउने नाममा अस्पस्टता र क्लिष्टता पनि छैन ।´

समीक्षक शैलेन्दुप्रकाश नेपालले जुनूले इमानदारीपूर्वक कविता काेरेको बताए ।उनका कवितामा शब्द समायाेजनकाे पक्ष सुन्दर रहेकाे नेपालले बताए । यसैगरी अर्का समीक्षक डाक्टर देवी नेपालले सकारात्मक साेच नै जुनूका कविताको विशेषता रहेकाे बताउँदै जुनूका कविताकाे उठान र अन्त्य अझै सशक्त भएको बताए ।

कार्यक्रममा कविहरू निर्जाला लम्साल, रचना दहाल र सुशील शर्माले प्रदीप्त मन सङ्ग्रहबाट केही कविताहरू वाचन गरेका थिए । कार्यक्रममा चाँगुनारायण सहित्यिक समाजका अध्यक्ष लालबहादुर भुजेल, भक्तपुर बुढ्याैली साहित्य समाजका अध्यक्ष कविराज घिमिरे, प्राज्ञ पुरू लम्साल, डा देवी क्षेत्री दुलाल, डा सीता सुवेदी, डा अशाेक थापा सहप्राध्यापक नेत्रप्रसाद न्याैपानेलगायत कवि साहित्यकारहरूकाे उपस्थिति रहेकाेे थियो । कवितासङ्ग्रहलाई जुपिटर पब्लिकेसन्सले बजारमा ल्याएकाे हाे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट