एसईईको पुनर्योगमा वाल्मीकि शिक्षा सदनकी पोखरेलले ल्याइन् ४ जिपिए

भरतपुर, ३ असार ।
वाल्मीकि शिक्षा सदन भरतपुरकी छात्रा दीपिका पोखरेलले एसईई २०८० मा ४ जीपीए ल्याउन सफल भएकी छन् । शुरुवाती नतिजामा चित्त नबुझेपछि पुनर्योग गरेकी उनको विज्ञान विषयमा ४ आएसँगै ४ जीपिए ल्याएर वाल्मीकिको विरासत कायम राख्न सफल भएको विद्यालयका प्राचार्य प्रदीप पौडेलले बताए ।

`हुने बिरुवाको चिल्लो पात भने झैं दीपिका सानैदेखि लगनशील, अनुशासित र मेहनती छात्रा थिइन्´ प्राचार्य पौडेलले भने । छात्रा दीपिकाले परिश्रम अनुसारको फल पाएकोमा ख़ुशी लागेको बताइन् । नर्सरीदेखि वाल्मीकि शिक्षा सदनमा अध्ययन गरेकी दीपिकाको ४ जीपिए आएकोमा खुशी व्यक्त गर्दै वाल्मीकिको एसईईको नतिजा विगत वर्षमा पनि उत्कृष्ट हुने गरेको र यसवर्ष झनै राम्रो नतिजा आएको विद्यालयका सहायक प्राचार्य प्रकाश सुवेदीले बताए ।

एसईई २०८० मा वाल्मीकिबाट ७० जना विद्यार्थीको ३.६ भन्दा माथि र ४८ जना विद्यार्थीको ३.२ भन्दा बढ़ी जीपिएसहित जिल्लामै उत्कृष्ट नतिजा आएको प्राचार्य प्रदीप पौडेलले बताए । वाल्मीकि शिक्षा सदनमा यसभन्दा अगाडि पनि पटकपटक विद्यार्थीले ४ जिपिएसहितको उत्कृष्ट नतिजा ल्याएर विद्यालयको गरिमा राखेको उनले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट