भानु तिम्रो सम्झनामा

नक्षत्र नभका विभूति जनका तिमी छौ महान
काव्यबीज रोपी ढकमक्क पार्‍यौ साहित्य उद्यान
कोमल भाव सरस शब्द तिमीले खेलायौ
विविध भाषा संस्कृति सबलाई एकजुट बनायौ ।१।

सरितासरि कलकल बग्ने तिम्रा ती काव्य छन्
नेपाली जनको दिलको भाका ती सब खोल्दछन्
गुन्जन्छन् सारा कृतिमा तिम्रा पाखा र पखेरा
उर्लिन्छन् भाव नेपाली जनका हृदय कन्दरा ।२।

पाएर अर्ती घाँसीको तिमी लोकहितमा लाग्यौ नि
रामायणरूपी सुस्वाद पिलाई हृदय जोड्यौ नि
सन्देश शान्ति सुनौलो कान्ति काव्य ती छर्दछन्
दम्भ र दुर्भाव अज्ञानी जनका ती सब हर्दछन् ।३।

सुन्दर बिम्ब टपक्क टिपी काव्य सब सिँगार्‍यौँ
छन्द र लय भाव अनि भाषा राम्ररी तिखार्‍यौ
अटुट आस्था असीम श्रद्धा देशप्रति देखायौ
माटो र मुटु जोडेर तिमीले गुन यो लगायौ ।४।

टपक्क टिपी लग्यो नि तिमीलाई अल्पायु छँदैमा
नेपाली जनको मनको भाव अस्तायौ छिनैमा
सुमन श्रद्धा अर्पण गर्छौँ तिम्रा ती देनमा
अमर तिमी बन्दछौँ सदा नेपाली मनमा ।५।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट