बागमतीका ६ जिल्लामा खेलकुद विकास समितिको अध्यक्ष नियुक्त

मकवानपुर, २६ असार ।

बागमती प्रदेशका विभिन्न ६ जिल्लामा खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरिएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्ले मकवानपुरसहित ६ जिल्लामा अध्यक्ष नियुक्त गरेको हो ।

विगत साढे ३ महिनादेखि खेलकुद विकास समिति अध्यक्षविहीन बागमती प्रदेशको १३ जिल्लामध्ये मकवानपुर, धादिङ, काभ्रे, सिन्धुली, काठमाडौं र सिन्धुपाल्चोक जिल्लामा अध्यक्ष नियुक्त गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए ।

उनका अनुसार, मकवानपुरको अध्यक्षमा राज मोक्तान, धादिङको अध्यक्षमा प्रताप तामाङ, काभ्रेको अध्यक्षमा मानवीर वाइबा, सिन्धुलीको अध्यक्षमा वीरबहादुर थिङ, काठमाडौंको अध्यक्षमा सानुभाई बलामी र सिन्धुपाल्चोकको अध्यक्षमा रामकृष्ण दंगाललाई नियुक्त गरिएको छ ।

अध्यक्ष रिक्त रहेका चितवन, ललितपुर, भक्तपुर, रसुवा, दोलखा, नुवाकोट र रामेछापमा भने खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरिएको छैन ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट