सेन्ट्रल कलेज चितवन जिल्ला लिगमा एभरेष्ट र माडीले अंक बाँडे

भरतपुर, १५ असार ।

सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा साविक उपविजेता एभरेष्ट क्लब चितवनले माडी ११ फुटबल क्लबसँग अंक बाँडेका छन् ।

लिग अन्तर्गत शनिबार भरतपुर–७ कृष्णपुर मैदानमा सम्पन्न समूह बी को खेलमा १–१ गोलको बराबरी गर्दै दुबै टिमले अंक बाँडेका हुन् । खेलमा माडीका लागि रितेश क्षेत्री र एभरेष्टका लागि विवेक खत्रीले गोल गरे ।

खेलको २५ औं मिनेटमा रितेशको गोलमा माडीले अग्रता लिएको थियो । तर ३२ औं मिनेटमा एभरेष्टले पेनाल्टी पायो । प्राप्त अवसरलाई सदुपयोग गर्दै विवेकले एभरेष्टका लागि बराबरी गोल फर्काए ।

खेलमा थप गोल हुन सकेन र दुई टिमले अंंक बाँँडेका हुन् । एभरेष्टका गोलकिपर उमेश कार्की म्यान अफ दि म्याच भए । उनले ट्रफीसहित दुई हजार पाँच सय प्राप्त गरे ।

लिगमा आइतबार समूह ए को एष्ट्रल युथ सोसाइटी र सौराहा युवा समाज भिड्नेछन् । खेल बेलुकी ५ बजे हुनेछ । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट