किसान सहकारीको स्थापना दिवसका कार्यक्रम सुरु

गैँडाकोट, १५ असार । किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विविध कार्यक्रम गरी स्थापना दिवस मनाउँदै छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिबार बृहत खुल्ला रक्तदान कार्यक्रम तथा शैक्षिक सामग्रीहरु वितरण गरिएको छ । सहज सेवाकेन्द्र गैंडाकोट ४ र कावासोती सेवाकेन्द्र कावासोतीमा गरी दुई ठाउँमा एकैपटक कार्यक्रम गरिएको हो । गैँडाकोटमा ५ वटा सामाजिक संस्थाहरुसहित […]
‘फरक परिवेशका अनुभूति’ सार्वजनिक

भरतपुर, १५ असार । भरतपुर निवासी कवि मोहन राज ढकालको पहिलो कवितासङ्ग्रह ‘फरक परिवेशका अनुभूति’ शनिबार एक समारोहबिच सार्वजनिक भएको छ । सम्पूर्ण किताब नारायणगढको आयोजनामा पुस्तक विमोचन कार्यक्रम आयोजना गरी ‘फरक परिवेशका अनुभूति’ सार्वजनिक गरिएको हो । पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि गोविन्दराज विनोदीले कवि ढकालको साहित्यिक यात्राको सफलताको कामना गर्दै आगामी […]
सेन्ट्रल कलेज चितवन जिल्ला लिगमा एभरेष्ट र माडीले अंक बाँडे

भरतपुर, १५ असार । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा साविक उपविजेता एभरेष्ट क्लब चितवनले माडी ११ फुटबल क्लबसँग अंक बाँडेका छन् । लिग अन्तर्गत शनिबार भरतपुर–७ कृष्णपुर मैदानमा सम्पन्न समूह बी को खेलमा १–१ गोलको बराबरी गर्दै दुबै टिमले अंक बाँडेका हुन् । खेलमा माडीका लागि रितेश क्षेत्री र एभरेष्टका लागि विवेक खत्रीले […]
अर्किड माविका विद्यार्थी राष्ट्रिय धान दिवसमा सहभागी

भरतपुर, १५ असार । ‘मानो रोपी मुरी फलाउने दिन’ को अवसरमा समाजका प्रबुद्ध र नागरिक अगुवाहरू त्यस्तैखाले सांस्कृतिक पर्वको विशेषता बोकेको दहिच्युरा खाने दिनको तयारीमा थिए । सोही क्रममा एकै उमेर समूहका साना बालबालिकाहरू लामबद्ध भएर आइपुग्दा वडाध्यक्ष श्रीकृष्ण पौडेल कौतुहल हुँदै केही बुझ्न खोज्दै थिए । हातमा दहीच्युराको प्लेट लिएर अन्य सहभागी पनि सँगै […]
सहमतिद्वारा गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानलाई ल्यापटप र प्रिन्टर सहयोग

गैँडाकोट, १५ असार । `महर्षि जनक स्मृति गैँडाकोट प्रज्ञा पुस्तकालय´को स्थापनासँगै गैँडाकोट ५ स्थित सहमति संस्थाले गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानलाई एक थान ल्यापटप र एक थान प्रिन्टर सहयोग गरेको छ । प्रतिष्ठानको लेखा प्रणाली राख्न तथा कम्प्युटर सम्बन्धी कामका लागि सघाउ पुगोस् भन्ने हेतुले ल्यापटप र प्रिन्टर सहयोग गरेको हो । सहमतिका अध्यक्ष होमनाथ सुवेदीले गैँडाकोट […]
सिर्जन अविरलको `तथागत´ उपन्यास सार्वजनिक

भरतपुर, १५ असार । आख्यानकार सिर्जन अविरलको दोस्रो उपन्यास `तथागत´ लोकार्पण गरिएको छ । शनिबार भरतपुरमा आयोजित कार्यक्रममा लेखकका मातापिता नीलकण्ठ अधिकारी र गोमा अधिकारीले कृति लोकार्पण गरेका हुन् । लोकार्पण कार्यक्रममा लेखक अमर न्यौपाने र रेणुका जिसीले कृतिमाथि समीक्षात्मक टिप्पणी राखेका थिए । बुद्ध दर्शनको बारेमा महत्त्वपूर्ण पक्षलाई पुस्तकमा उतारिएको अमर न्यौपानेले बताए । […]
पटिहानीमा ५३ जनाले गरे रक्तदान

भरतपुर, १५ असार । भरतपुर महानगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य पटिहानीमा रक्तदान कार्यक्रम गरिएको छ । चितवनमा हुँदै गएको रक्त अभावलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ नेपाल रेडक्रस सोसाइटी उपशाखा पटिहानीको आयोजनामा भरतपुर-२२ उपशाखा परिसरमा गरिएको रक्तदान कार्यक्रममा ८ जना महिलासहित ५३ जनाले रक्तदान गरेको उपशाखा सचिव छविराम पौडेलले जानकारी दिए । भरतपुर-२२ भित्र रहेका टोल विकास […]
पद्मश्री साहित्य पुरस्कारका लागि पहिलो चरणमा १५ पुस्तक छानिए
काठमाडौँ, १५ असार । पद्मश्री साहित्य पुरस्कार–२०८० का लागि पहिलो चरणको विस्तारित सूची सार्वजनिक भएको छ । नेपाली साहित्यमा प्रकाशित उत्कृष्ट कृतिलाई हरेक वर्ष प्रदान गरिने पद्मश्री साहित्य पुरस्कारका लागि १५ कृतिको विस्तारित सूची सार्वजनिक गरिएको हो । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रदान गर्ने यो पुरस्कारका लागि २०८० मा प्रकाशित १८६ साहित्यिक कृतिमध्येबाट […]