पद्‍मश्री साहित्य पुरस्कारका लागि पहिलो चरणमा १५ पुस्तक छानिए

काठमाडौँ, १५ असार ।
पद्मश्री साहित्य पुरस्कार–२०८० का लागि पहिलो चरणको विस्तारित सूची सार्वजनिक भएको छ । नेपाली साहित्यमा प्रकाशित उत्कृष्ट कृतिलाई हरेक वर्ष प्रदान गरिने पद्मश्री साहित्य पुरस्कारका लागि १५ कृतिको विस्तारित सूची सार्वजनिक गरिएको हो ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रदान गर्ने यो पुरस्कारका लागि २०८० मा प्रकाशित १८६ साहित्यिक कृतिमध्येबाट यो सूची सार्वजनिक गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष जीबा लामिछानेद्वारा जारी विज्ञप्तिअनुसार यस सूचीबाट समितिले अर्को महिना ५ वटा पुस्तकको उत्कृष्ट संक्षिप्त सूची चयन गर्नेछ ।

सूचीमा परेका पुस्तकमा विष्णु सापकोटाको अडिएका पाइला, कृष्ण गौतमको अद्वैत, सानु शर्माको अर्को देशमा, रोशन शेरचनको गल्ली संसार, भानु बोखिमको गोधूलि गीत, विश्व कुइँकेलको गोपीचा, कुमार नगरकोटीको जोगियाना, चिरञ्जीवी वाग्लेको बहादुर शाह, सुमिनाको बागी स्त्रीको आत्मकथा, राजेन्द्रमान डंगोलको बादलडाँडा, अखण्ड भण्डारीको बोरा, गोविन्दप्रसाद कुसुमको भृकुटी, गोपी सापकोटाको लन्डन अनप्लग्ड, अरुण गुप्तोको संस्कृति चिन्तन र भुवनहरि सिग्देलको साखेजुङको उकालो विस्तारित सूचीमा परेका छन् ।

खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यमा हरेक वर्ष प्रकाशितमध्ये उत्कृष्ट पुस्तकलाई पद्‍मश्री साहित्य पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

वर्णानुक्रम अनुसार पद्मश्री उत्कृष्ट विस्तारित सूचीका कृति

१. अडिएका पाइला, उपन्यास– विष्णु सापकोटा
२. अद्वैत, उपन्यास– कृष्ण गौतम
३. अर्को देशमा, कथा संग्रह, सानु शर्मा
४. गल्ली संसार, निबन्ध संग्रह– रोशन शेरचन
५. गोधूलि गीत, उपन्यास– भानु बोखिम
६. गोपीचा, उपन्यास– विश्व कुइकेल
७. जोगियाना, संस्मरण– कुमार नगरकोटी
८. बहादुर शाह, उपन्यास– चिरन्जीवी वाग्ले
९. बागी स्त्रीको आत्मकथा, कविता संग्रह– सुमिना
१०. बादलडाँडा, नियात्रा– राजेन्द्रमान डंगोल
११. बोरा, उपन्यास– अखण्ड भण्डारी
१२. भृकुटी, उपन्यास– गोविन्दप्रसाद कुसुम
१३. लन्डन अनप्लग्ड, संस्मरण– गोपी सापकोटा
१४. संस्कृति चिन्तन, निबन्ध संग्रह– अरुण गुप्तो
१५. साखेजुङको उकालो, जीवानाख्यान– भुवनहरि सिग्देल

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट